झापा । झापाको अर्जुनधारा–४ दहिझोडामा पनि बुधवार (आज) बिहान एउटा हात्ती मृत फेला परेको छ। सुखानी सहिद मार्गदेखि अलि तल दहिझोडा खोलाको किनारमा एक किशोर अवस्थाको हात्ती मृत फेला परेको हो ।
केहि दिन झापाकै बुद्धशान्तिमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो। एकपछि अर्को हात्ती मृत भेटिनु दुखद भएपनि मृत्युको खास कारण भने खुलिनसकेको बताइएको छ ।
अर्जुनधारामा मृत हात्ती फेला

































































































