HomeFeatured 2झापाका विभिन्न पेट्रोलपम्पसहित व्यवसायिक फर्मबाट लाखौं चोरी गर्ने पक्राउ

झापाका विभिन्न पेट्रोलपम्पसहित व्यवसायिक फर्मबाट लाखौं चोरी गर्ने पक्राउ

बिर्तामोड १९ असार । चोरी र लुटपाट आफैंमा आपराधिक क्रियाकलाप हो । इमान्दार मान्छेले त्यस्तो आपराधिक कार्यको कल्पनासम्म गर्न सक्दैन । जसले कल्पना गर्छ त्यसले पनि एकैदिनमा एउटा व्यक्तिले एकैदिन कतिसम्म त्यस्तो काम गर्नसक्छ ?
झापा प्रहरीले एकैदिनमा तीनवटा व्यवसायिक फर्मको लक तोडेर रकम चोरी गर्ने व्यक्ति पक्राउ गरेको छ । जुन अपत्यारिलो लाग्छ । तर, बास्तविकता त्यही हो ।
संखुवासभा घरभई झापाको बिर्तामोड १ बस्दै आएका ३४ वर्षीय देवराज तामाङलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तामाङले गत असार ५ गतेमात्रै मेचीनगर वडा नं. ७ मदन बस्ति स्थित सनराईज सिमेन्टको दुई तला भएको पक्की अफिस भवनको भुई तलाको कोठा ढोकाको घर्राको लक तोडेर एकलाख पचास हजार, सोही दिन सोही वडामा अवस्थित दुई तला भएको पक्की अफिस भवनको भुई तलाको ढोका र टेवलको लक तोडेर ४२ हजार, ईटाभट्टा स्थित प्रनिक आयल स्टोरको अगाडी काउण्टरको झ्यालको ग्रिलको लिभरले तोडेर गरी कोठा भित्र प्रवेश गरि टेवलको गल्लाको लक तोडफोड गरी छ लाख रुपैयाँ चोरी गरेका थिए ।
चामल मिलको भने सिसि टिभीको तार समेत चुडाएर चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले तामाङलाई सिसिटिभी फुटेज र उनले प्रयोग गरेको गम्छा र सेन्डो प्रमाणका आधारमा पक्राऊ गरेको हो ।
असार १७ गते मेचीनगरकै १३ नं. तेलीबारीमा अवस्थित मेट्रो ट्रेडिङ हाउसको पेट्रोल पम्पमा चोरी गर्ने क्रममा ट्याङ्करका चालकहरुले थाहा पाएपछि प्रतिकार गर्ने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । असार १७ गते बेलुका साढे १० बजेतिर पेट्रोलपम्पमा ड्याङ्ग ड्याङ्ग गर्न थालेपछि माथिल्लो तलामा बसेका सोही पम्पका ट्याङ्ककर चालकहरुले थाहा पाएपछि चालक किरन दाहाल तामाङको नजिक पुगेका थिए । नजिक आएका दाहालमाथि तामाङले प्रहार गर्न थालेपछि दाहालको टाउको ज्यानै उद्देश्यले तरिकाले फलाम प्रहार गरी घाइते बनाएका थिए । चोरी गर्न आएका व्यक्तिले साथीलाई घाइते बनाएपछि उनलाई बचाउन गएका चालकद्वय समिर मिश्र र देवेन्द्र चौहानमध्ये तामाङको प्रहारबाट मिश्रको समेत हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
सोही क्रममा इलाका प्रहरी कार्यालय धुलावारीले तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले यसअघि इलाका प्रहरी कार्यालय अनारमनीको एरियाबाट असार ११ गते बिर्तामोड नगरपालिका–२ स्थित आस्मा ट्रेडर्स एण्ड सप्लायर्स(पेट्रोलपम्पबाट) सातलाख ३६ हजार आठसय ९६, सोही दिन दुर्गापुरस्थित गरमकाली पेट्रोलपम्पबाट १५ नगद चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।
त्यसैगरी जेठ ३१ गते कमल गाउँपालिका वडा नं.–५ स्थित गिता पेट्रोल पम्पबाट पाँचलाख रुपैयाँ तामाङले चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापाका विभिन्न पेट्रोलपम्पसहित व्यवसायिक फर्मबाट लाखौं चोरी गर्ने पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img