Homeसमाचारअर्जुनधारामा बोरामा भेटिएको शबको पहिचान, हत्यामा संलग्न पक्राउ, सुपारी दिएर हत्या,

अर्जुनधारामा बोरामा भेटिएको शबको पहिचान, हत्यामा संलग्न पक्राउ, सुपारी दिएर हत्या,

बिर्तामोड १९ असार । गत हप्ता अर्जुनधारा –४ मा बोराभित्र भेटिएको शव भारतीय नागरिकको भएको खुलेको छ । बोरामा पोको पारेर फालेको अवस्थामा स्थानीय ह््युमपाइप भित्र भेटिएको उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाई भएको झापा प्रहरीले जनाएको छ । बोरामा पोको पारेर नजिकैको ह्युमपाइप भित्र फालिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।


बिर्तामोड प्रहरीले नरेशकुमारको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्जुनधारा – ७ की ३२ वर्षीया जानुकादेवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १० बस्ने २५ वर्षीय सुरेश परियार रहेका छन् । पक्राउ परेकालाई प्रहरीले आइतबार (आज) पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । हत्यामा संलग्न एकजनाको खोजी भइरहेको छ ।

हत्यामा प्रयोग गरिएको घरेलु हतियार /


प्रहरीका अनुसार ५ लाखको सुपारी दिएर ती व्यक्तिको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सुपारी लिएर बराह क्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको झापाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।
कामको शिलशिलामा भारत पुगेकी जानुका थापासंग मृतकको भारतमै चिनजान भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ०७६ सालमा कामको सिलसिलामा थापा भारत पुगेकी थिइन् । सोही चिनजानका आधारमा भारतीय नागरिक नरेश कुमार अर्जुनधारा आएका थिए ।

प्रहरीका अनुसार ५९ हजार भारतीय नक्कली नोट सहित पक्राउ परेका मृतक इटहरीमा तारेख धाइरहेका थिए । तारेख कै लागि उनी नेपाल आएको प्रहरीको भनाई छ ।
०७६ सालमा मृतकले थापाको छोराछोरीका लागि खेलौना पठाएको बुझिएको छ । थापाले ती भारतीय नागरिकबाट घर निर्माणको लागि ५ लाख पनि लिएको अनुसन्धानबाट खुल्न आएको छ ।

हत्यापछि बोरामा हालेर बोराको मुख सिलाएर ह्युमपाइप भित्र फ्याकिएको शब ।


बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरले मृतक असार ७ गते भारतबाट अर्जुनधारा आएको जानकारी दिनुभयो । उहाँका अनुसार असार ८ गतेसम्म थापा कै घरमा बसेका मृतक ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएका थिए । ९ गते राती साढे ८ बजे मृतकसहित परियार र अर्का एक व्यक्तिलेसँगै मादकपदार्थ खाएको र सोही समयमा कुटपिट गरि फलामको मार्तोलले शरिरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको थियो । घटनाबारे अनुसन्धानका लागि उच्चस्तरको प्रविधि प्रयोग गरिएको डिएसपी कुँवरले बताउनु भयो ।
हत्या गरे वापत थापाले परियारलाई २ पटकमा २ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, २ थान तन्ना, डोरी, झोला, ३ थान मोवाइल र २ वटा खाली बोतल फेला परेको थियो । प्रहरीका अनुसार हत्यापछि संलग्नहरुले पुर्ने सोच बनाएका थिए ।
पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी कुँवरले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधारामा बोरामा भेटिएको शबको पहिचान, हत्यामा संलग्न पक्राउ, सुपारी दिएर हत्या,
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img