Homeसमाचाररोटरी क्लव भद्रपुरको अध्यक्षमा पत्रकार ईश्वर

रोटरी क्लव भद्रपुरको अध्यक्षमा पत्रकार ईश्वर

भद्रपुर १७ असार । पत्रकारिता र सामाजिक गतिविधिमा सकृय युवा ईश्वर अधिकारी रोटरी क्लव अफ भद्रपुरको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । रोटरी क्यालेन्डर अनुसार जुलाइ १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान अनुसार अधिकारी सन २०२२/२३ को अध्यक्षमा चयन भएका हुन् ।
एकवर्षे कार्यकाल हुने रोटरीको नेतृत्व लिएका अधिकारी नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व कोषाध्यक्ष, खोजपत्रकारिता मञ्च चन्द्रगढीका संस्थापक अध्यक्ष लगायत जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी हाल नागरिक एफ एम भद्रपुरको कार्यक्रम निर्देशक तथा आँखा डट कमका सम्पादक समेत हुन् ।
सामाजिक कार्यमा सक्रिय अन्तराष्ट्रिय संस्था रोटरी क्लवमा तीन वर्ष अगाडि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमीनि र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । भद्रपुर रोटरीको अन्य पदमा क्रमस सचिवमा पवन कुमार श्रेष्ठ, प्रेसिडेन्ट इलेक्टमा सन्तोष पोखरेल, प्रेसिडेन्ट नोमिनिमा विनोद चापागाई, ज्वाइन्ट सेक्रेटरीमा उज्वल श्रेष्ठ, ट्रेजररमा किशोर पराजुली, क्लव डाइरेक्टरमा कविन राई, मेम्वरसिप डाइरेक्टरमा राजकुमार पोखरेल, पब्लिक रिलेसन डाइरेक्टरमा नितेश वर्मा, रोटरी फाउ्रन्डेसन चेयरमा टिकाराज ढकाल, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा धनजुजु श्रेष्ठ, सरजेन्ट एट आम्समा प्रज्वल राई, क्लव टे«नरमा आदित्य पराजुली, क्लव मेन्टरमा दिपेश ढकाल, आइ टि अफिसरमा निरज पराजुली, युथ सर्भिसमा भेषराज ढकाल, सोसियल मिडिया तथा क्लव वुलेटिनमा प्रदिप सरावगी र वेभ मास्टरमा लोकवन्धु ढुंगाना चयन भएका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररोटरी क्लव भद्रपुरको अध्यक्षमा पत्रकार ईश्वर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img