सुरुङ्गा १६ असार । माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुगेका छन् । कनकाई आइपुगेका मगरलाई आज सुरुङ्गा आइपुगेका मगरलाई यहाँस्थित हरिकुल नमुना उच्च माविले स्वागत गरेको छ । हरिकुल नमुना मावि समेत यस अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो जोगाउ कार्यक्रम गर्दै आइरहेको छ ।
काठमाण्डौको टुडिखेलबाट १७ दिन पहिलेबाट सचेतना जगाउदै म्याराथुन दौड सुरु गरेका पर्वतका युवा नविन पुन मगरले झापामा आफ्नो सचेतना अभियान सुरु गरेका हुन् । बिहिबार झापाको कनकाई नगरपालिकास्थित हरिकुल नमुना उच्च माविमा आयोजित सचेतना कार्यक्रममा बोल्दै अभियान्ता मगरले विश्वमा हरेक सेकेन्ड १२ कठ्ठा जमिन मरुभुमि हुने गरेको बताए । यहि तरिकाले माटोको अग्यानिकपन हराउदै जाने हो भने अबको ६० बर्षमा जमिनमा उब्जाउ हुन छाडने उनको भनाई छ । माटोको अग्र्यानिकपन कम्तीमा ३ प्रतिशत हुनुपर्ने भएपनि नेपालमा यो प्रतिशत २ भन्दा कम भइसकेको जानकारी दिंदै नेपालको माटो डेन्जर जोनमा परिसकेको बताए । यो क्रमलाई नरोके नेपाल समेत चाँडै मरुभुमिमा परिणत हुने उनको दावी छ ।
अभियानकर्मीलाई स्वागत गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पूर्खाले जोगाइदिएको माटोलाई हामीले थप अग्र्यानिक बनाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । अझैपनि गाउँघरमा रासयनिक मल पाइएन भनेर सरकारको आलोचना हुने गरेको भन्दै कनकाई नगरपालिकाले अग्र्यानिक खेतीलाई प्रोत्साहन गर्नका लागि फोहोरमैला व्यवस्थापन गरी मल उत्पादन थालिसकेको बताए । मगरको माटो जोगाउ अभियानमा सनम लिम्बु, अजय भण्डारी, निर्मल श्रेष्ठ समेत रहेका छन् । हरिकुलमा आयोजित सचेतना अभियानमा विद्यालयका पिन्सिपल रोषन केसीले हरिकुल नमुना उच्च मावि माटो जोगाउने अभियानमा जोडिसकेको जानकारी दिदै यस आन्दोलनमा जोडिनका लागि सबैमा आव्हान समेत गरे ।
मगर बिहिवारै बिर्तामोडहुदै इलामतर्फ लाग्नुभएको छ । मगरले ७५ दिनमा ३ हजार ५ सयमिटरको म्याराथुन दौड पुरा गर्दै देशका ७७ जिल्लामै माटो जोगाउनका लागि सचेतना अभियान समेत दौड पुरा गर्ने लक्ष्य रहेको बताउँनुभयो ।
माटो बचाउ अभियानकर्मी भन्छन्: विश्वमा हरेक सेकेन्ड १२ कठ्ठा जमिन मरुभुमि हुँदै

































































































