Homeसमाचाररोटरी क्लब अफ बिर्तामोडको अध्यक्षमा ओम, सचिवमा सञ्जिव

रोटरी क्लब अफ बिर्तामोडको अध्यक्षमा ओम, सचिवमा सञ्जिव

झापा १६ असार । रोटरी क्लब अफ बिर्तामाडको अध्यक्षमा चेम्बर अफ कमर्श झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य ओमकृष्ण बिमली चयन हुनुभएको छ । बिमली वर्ष २०२२– ०२३ का लागि अध्यक्ष हुनुभएको हो ।
त्यस्तै, त्यसपछिको अध्यक्षमा बबिता गिरी चयन चयन हुनुभएको छ भने मनोनित अध्यक्षमा सुरेश अग्रवाल , क्लबको उपाध्यक्षमा प्रकाश शिवाकोटी र दिपक गिरी तथा सचिवमा सञ्जीव घिमिरे चयन भएका छन् । कोषाध्यक्षमा अमोद आचार्य, सहायक कोषाध्यक्षमा सुशील अग्रवाल चयन हुँदा
क्लबको डाइरेक्टर टिआरएफमा राजकुमार पोखरेल, डाइरेक्टर सर्भिस प्रोजेक्टमा विनोद बस्नेत, डाइरेक्टर क्लब एडमिनिस्ट्रेसनमा निकिता गिरी, डाइरेक्टर मेम्बरसिपमा मीनप्रकाश मैनाली चयनमा भएका छन् ।
त्यसैगरी डाइरेक्टर युथ सर्भिसमा डा. सन्ध्या राठी, डाइरेक्टर पब्लिक इमेजमा निर्मल भट्टराई, क्लब मेन्टरमा सुरेश बंशल, क्लब ट्रेनरमा कुमार गिरी, सर्जन्ट एट आम्र्स कुमार गिरी चयन भएका छन् ।
क्लबको चेयर एडमिनिस्ट्रेसनमा विनिता गट्टानी, चेयर टिआरएफमा पवन खेडिया, चेयर सर्भिस प्रोजेक्टमा अशोक धानुका, चेयर युथमा शैलन्द्र कुरुम्बाङ, चेयर मेम्बरसिपमा आशा आचार्य र पब्लिक इमेजमा पार्वता खरेल चयन भएका छन् । नयाँ कार्यसमितिको पद हस्तान्तरण असार अन्तिम साता हुने क्लबका अध्यक्ष नविन गट्टानीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररोटरी क्लब अफ बिर्तामोडको अध्यक्षमा ओम, सचिवमा सञ्जिव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img