
विर्तामोड । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार सत्तासिन नेकपाले झापाको विर्तामोडमा बृहत्त कार्यक्रम गर्ने भएको छ ।
संविधान दिवसका अवसरमा संविधान जारी भएको दिनको स्मरणमा आयोजना गरिने सभालाई रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने नेकपा झापाले जनाएको छ ।
सभामा १५ हजारको जनसहभागिता गराउने तयारी गरेको जिल्ला इन्चार्ज रविन कोइरालाले जानकारी दिनुभयो । सार्वजनिक सभा गर्ने स्थल खुम्चिंदै गएको अवस्थामा मुख्य सडकमा आयोजित सभाले आवागमनमा समस्या नहोस् भन्ने कुरामा सचेत भएको उहाँको भनाई छ ।
संविधानको विरोध गर्नेहरुलाई सच्चिनका लागि पनि सभाको आयाजना गरेको कोइरालाले बताए ।
सरकार फरक कुरा भएको बताउँदै उनले भने–‘सरकारका गतिविधिले असन्तुष्टि बढेको भए त्यसलाई सच्याउन सकिने तर संविधान विरोधी गतिविधि सह्रैय हुँदैन । इन्चार्ज कोइरालाले भने–‘संविधान एकैपटक, एउटै सरकारले कार्यान्वयन गरिसक्ने कुरा होइन, सरकारको काम र संविधानका कुरा फरक हुन्, संविधान एकैपटक पूर्ण हुँदैन ।’ ‘अहिले सडकमा जुन गतिविधि देखिएको छ, ति संविधान विरोधी गतिविधि नै हुन् विरोधीको मक्सज हामी पूरा हुन दिंदैनौं–कोइरालाले भने ।
नेकपा झापाको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा नेकपाका नेताहरु भिम आचार्य, देवराज घिमिरे, राम कार्की (पार्थ), हरिबोल गजुरेल लगायतको उपस्थिति रहने बताइएको छ ।
घर घरमा झण्डा राखेर राष्ट्रिय दिवस मनाउन सरकारले आह््वान गरिरहेका बेला नेकपा झापाले संविधान दिवस मनाउनका लागि पार्टीले आयोजना गरेको सभामा उपस्थित हुन आमन्त्रण गरेको छ ।

































































































