Homeसमाचारबाढी बिस्थापितका लागि नगरपालिकाले बस्ने ब्यवस्था मिलाउने

बाढी बिस्थापितका लागि नगरपालिकाले बस्ने ब्यवस्था मिलाउने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित घरपरिवारलाई खाद्यन्न, स्वास्थ्य उपचार, पिउने पानी र सुरक्षित आश्रय स्थलको आवश्यक प्रबन्ध मिलाउने भएको छ ।
नगरप्रमुख तथा विपद व्यवस्थापन समिति संयोजक पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार नगरपालिकाको कार्यालयमा बसेको बिर्तामोड नगर विपद व्यवस्थापन समितिको
बैठकले उक्त निर्णय गरेको हो । बैठकले अविरल वर्षाकाकारण बिर्तामोड नगरका अधिकांस क्षेत्र डुवानमा परी ठुलो जनधनको क्षति हुन सक्ने संभावना रहेकोले रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।
बैठकले डुवान तथा कटान भई क्षति हुन सक्ने जोखिम क्षेत्रको पहिचान गर्ने, जोखिम युक्त स्थानमा वसोवास गर्ने परिवारलाई सुरक्षित रहन पूर्व सूचना प्रवाह गर्ने,दैनिक हुने क्षतिको विवरण वडा कार्यालय मार्फत प्राप्त गर्ने व्यवस्था मिलाउने,डुवान र कटानलाई तत्काल रोक्न आवश्यक सामाग्रीहरुको पूर्व तयारी राख्ने,पूर्व तयारीको लागि ऐनमा भएको व्यवस्था वमोजिम वडा स्तरिय विपद व्यवस्थापन समिति गठन गरि त्यसको अनुगमन
गर्न वडालाई निर्देशन गर्ने, अत्यावश्यक समयमा नगरमा रहेका जेसीवीबाट मात्र सेवा दिन सम्भव नभएकोले वडाध्यक्षले जेसीवीको व्यवस्थापन गर्ने र त्यसमा आएको खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ ।
बैठकले विपद व्यवस्थापनको फोकल पर्सन समेत तोकेको छ । बिर्तामोड नगरपालिकाका अधिकृत (छैटौँ) मेघराज बास्तोलालाई विपद व्यवस्थापनको फोकल पर्सन तोक्ने निर्णय गरेको हो ।
बैठकमा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, लेखा अधिकृत तेजेन्द्र तामाङ,कार्यपालिका सदस्य जगतवन्धु राजवंशी, संगिता सिवा, यमुना आचार्य, लक्ष्मी खतिवडा,
नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेकपा माओवादी केन्द्रका बिर्तामोड नगरकमिटि अध्यक्ष मोहन सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक खड्का,जनता समाजवादी पार्टीका अविषेक राई, समाजसेवी लक्ष्मीप्रसाद
बाँस्कोटा,जनबहादुर जवेगु बिर्तामोड उद्योग वाणिज्य संघका संजिव घिमिरे, नेपाल पत्रकार महासंघका अर्जुन राजवंशी,सशस्त्र प्रहरी वेस क्याम्प गोलधापका प्रुमख रामजी खत्री, बिर्ताबजार प्रहरी चौकीका प्रमुख खेमराज खतिवडा,बिर्तामोडका पूर्वाधार शाखा प्रमुख डिल्ली गौतम,सामाजिक विकास शाखा प्रमुख डिल्ली प्रसाद दाहाल, नगरप्रहरी इन्चार्ज किरण पाण्डे लगायतको सहभागिता रहेको थियो ।
बैठकमा सहभागीहरुले बिर्तामोड नगरक्षेत्रमा बाढीले पुर्याएको असर र विपद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाढी बिस्थापितका लागि नगरपालिकाले बस्ने ब्यवस्था मिलाउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img