HomeFeatured 2भद्रपुरको ९१ करोड ३४ लाख २३ हजार, नीति तथा कार्यक्रम पारित

भद्रपुरको ९१ करोड ३४ लाख २३ हजार, नीति तथा कार्यक्रम पारित

भद्रपुर । भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रम सहित आर्थिक वर्ष २०७९/०८० को वजेट नगर सभाले सर्व सम्मत स्वीकृत गरेको छ । नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आय व्यय समेटिएको वजेट नगर सभाले अनुमोदन गरेको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । भद्रपुर नगरपालिकाको ११ औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताइन् ।
चालु आर्थिक वर्ष २०७८/०९८ मा नगरपालिकाको बजेट ८३ लाख १३ लाख २ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ ।
ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १२ करोड ६८ लाख ६२ हजार, प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार, समपूरक अनुदानबाट २ करोड, सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार, विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको छ ।
नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने ११ करोड चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू सञ्चालन नभई बाँकी रहेको रकम तथा संघ तथा प्रदेशबाट राजश्व बाँडफाँडबाट प्राप्त भएको बढी रकमबाट बचत मौज्दातबाट व्यहोरिने अनुमान गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुरको ९१ करोड ३४ लाख २३ हजार, नीति तथा कार्यक्रम पारित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img