बिर्तामोड २८ जेठ । विर्तामोड नगरपालिकी मेयर पवित्रा महतारा प्रसाईले नगरको भौतिक विकास तथा सामाजिक शसक्तिकरणमा बजेटको न्यायोचित वितरण हुने बताउनु भएको छ । नेपाल उमशील महिला संघ झापाको आयोजनामा नगर तथा वडामा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान कार्यक्रममा बोल्दै मेयर प्रसाईले जनताका आशा र अपेक्षा धेरै भएपनि सिमित वित्तिय स्रोतका कारण सोचेजति काम गर्न नसकिने स्पष्ट पार्दै आवश्यकताका आधारमा प्राथमिकतामा राखेर क्रमिक रुपमा काम गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा बोल्दै मेयर प्रसाईले नगरमा बेरुजुको अवस्था विकराल रहेको बताउनु भयो । उहाँका अनुसार नगरभित्र रहेका अस्थायी कर्मचारीलाई खुवाइएको तलब सबै बेरुजुमा देखिएका कारण समस्या भएको हो ।
कार्यक्रममा उपमेयर नगेन्द्र संग्रौलाले नगरको विकासमा सबैको हातेमालो आवश्यकता औंल्याउँदै विकासमा विभेद नहुने धारणा राख्नु भयो । समाज र राष्ट्रप्रति जिम्मेवार भएर समाज विकासमा लाग्न आग्रह समेत गर्नुभयो ।
त्यस्तै विर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले वडाबासीको साथमा साथ, हातमा हात मिलाएर हिड्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्यहरु वडा नं –५ का वडाध्यक्ष रोहित प्रसाईंले वडाबासीको साथमा साथ, हातमा हात मिलाएर हिड्ने प्रतिवद्वता
शान्ता रोक्का, ओमभक्त सेढाई, दुर्गा शिवाकोटी, वडासदस्य मालती विकले चेम्बर अफ कमर्शका झापा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमकृष्ण विमली लगायतले मन्तव्य राख्नु भएको थियो ।
उद्दमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ऐश्वर्या पाण्डेले स्वागत गरेको कार्यक्रममा संचालन महासचिव यशोदा प्रसाईंले गर्नुभएको थियो । कार्यक्रममा उद्दमशील महिला संघ झापासहित सम्मान कार्यक्रममा उद्यमशील महिला संघसहित चेम्बर अफ कमर्श झापा, अलैंची व्यवसायी संघ, छठ महिला मञ्च, कन्चनजंघा पराेपकार समाज, उन्नतिशील महिला समूह, पारीजात भजन मण्डली लगायतका संघ संस्थाका प्रतिनिधिले सामुहिक रुपमा माला, खादा, पुष्पगुच्छा र अविर लगाएर सम्मान गरेका थिए ।
नेपाल उद्यमशील महिला संघद्वारा सम्मान न्यायोचित बजेट वितरणको प्रतिवद्धता

































































































