Homeसमाचारचन्द्रगढी खानेपानीमा लाग्यो निर्वाचन : परिणामका लागि दौडधुप

चन्द्रगढी खानेपानीमा लाग्यो निर्वाचन : परिणामका लागि दौडधुप

भदपुर २८ जेठ । झापाको सदरमुकाम भद्रपुरमा रहेको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आगामी असार ४ गते हुने निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न आ–आफ्नो समुहको तर्फबाट उम्मेद्वारहरुले मतदाताहरुलाई मतदान गर्न आग्रह गर्दै घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
अध्यक्षका प्रत्यासी स्वतन्त्र उम्मेदवार यादवप्रसाद भट्टराई सहित प्रजातान्त्रिक समुहको तर्फबाट शिक्षा सेवी तथा सामाजिक कार्यकर्ता गोविन्द्र लम्साल र प्रगतिशिल राष्ट्रवादी साझा समुहकोतर्फबाट बर्तमान् कार्य समिति अध्यक्ष पुरुषोत्तम अधिकारीको समुह ले घरदैलो कार्यक्रममलाइ निरन्तरता दिएका हुन्
एउटै ब्यक्ति पटक पटक नेतृत्वमा पुग्दा खानेपानीमा अराजकता निम्तने र स्वच्छ सफा खानेपानी वितरणमा एकरुपता नआउने भन्दै समग्र खानेपानीको विकासका लागि आफ्नो आफूले प्रजातान्त्रिक समुहको तर्फबाट उम्मेद्वार बनेका अध्यक्षका प्रत्यासी गोविन्द लम्सालले बताउनु भयो ।
उपभोक्ताका धारामा कहिलेकाँही कालो तथा लेदोजन्य पानी आउने क्रमकोे अन्त्य गरी निरन्तर स्वच्छ र सफा पानी वितरण गर्न आफ्नो उम्मेद्वारी रहेको सबै उपभोक्ता मतदाताले आफुलाई विजयी गराउनु हुनेछ भन्नेमा आफु बिश्वस्त रहेको लम्सालको भनाई छ ।
राप्रपा र एमाले सहितको प्रगतिशिल राष्ट्रबादीका तर्फबाट साझा उम्मेद्वार बनेका बर्तमान समिति अध्यक्ष पुरुषोत्तम अधिकारीले भने खानेपानीका अपुरा कार्यहरुलाइ पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।
खानेपानीलाई थप चुस्त र दुरुस्त राख्दै सफा स्वस्च्छ खानेपानीको विकास गर्न आफ्नो उम्मेद्वारी आवश्यक रहेको बताउदै अधिकारीले आम मतदाताले आफुलाइ मतदान गरि विजय गराउनु हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
प्रगतिशिल राष्ट्वादी साझा समुहबाट राष्ट्रिय प्रजातन्त्र पार्टी सहितको गठबन्धन छ भने प्रजातान्त्रिक समुहबाट नेपाली कांगे्रस एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
प्रजातान्त्रिक समुहबाट उपाध्यक्ष पदमा उत्तम कोईराला, सचिवमा ऋषि चापागाई, सह सचिवमा महेन्द्र कोईराला र कोषाध्यक्ष पद लावण्यकुमार पोखरेल लब लगायतका ३ जना खुला, ३ जना महिला सदस्य सहित ६ जना र लेखा समिति सदस्यमा ३ जना सहित १४ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
यसै गरी प्रगतिशिल राष्ट्रवादी साझा समूहको तर्फबाट उपाध्यक्ष पदमा बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सह सचिवमा झुमा शिवाकोटी दाहाल र कोषाध्यक्ष पदमा खेमराज भट्टराई लगायतका त्यत्तिकै संख्यामा सदस्य सहित १४ जना उम्मेद्वारहरु चुनावी मैदामा रहेका छन् ।
पदाधिकारीसहित १४ जना निर्वाचित हुनुपर्नेमा एक जना स्वतन्त्र सहित २९ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेको निर्वाचन समिति संयोजक टंकप्रसाद दंगालले जानकारी दिनुभयो ।
प्रत्येक ३÷३ बर्षमा नेतृत्व परिवर्तन हुने चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा विर्तामोड नगरपालिका वडा नं ८ का केहि उपभोक्तासहित ४ हजार बढी उपभोक्ताहरु सदस्य रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढी खानेपानीमा लाग्यो निर्वाचन : परिणामका लागि दौडधुप
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img