मोरङ २५ जेठ । मोरङको बिराटनगर महानगरपालिका–११ स्थितबाट अवैध रुपमा भण्डारण गरी राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरको छ । बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले अन्दाजी मूल्य ६ लाख ७१ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री बरामद गरेको हो ।
बिराटनगर–११ मा रहेको शिवम गणपती ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाद्यान्नका सामग्री बरामद गरेको हो । बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अवैधरुपमा भण्डारण गरेको खाद्यान्न सामग्री बरामद

































































































