HomeFeatured 2बिर्तामोडमा असार १ गतेदेखि आइतबार सार्वजनिक विदा नहुने

बिर्तामोडमा असार १ गतेदेखि आइतबार सार्वजनिक विदा नहुने

बिर्तामोड २२ जेठ । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामी असार १ गतेदेखि लागु हुने गरी २०७९ जेठ १ गते भन्दा अघि बमोजिम नै विदा र समयलाई निरन्तरता दिने निर्णय गरेको हो ।
स्थानीय नगरवासी, विद्यालय र विद्यार्थीको मागसमेतलाई ध्यानमा राखि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै आइतबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ३ बिर्ताबजारमा बिर्ताबजार कृषि तथा सामुदायिक भवन जेठ २७ गतेबाट निर्माण प्रारम्भ हुने भएकोले त्यस स्थानमा रहेका व्यापारी, व्यवसायीहरुलाई भवन निर्माण नहुँदासम्मका लागि महेन्द्ररत्न माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर रहेको जग्गामा बजार व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समितिलाई जग्गा उपलव्ध गराईदिन अनुरोध गर्ने निर्णय गरेको छ । भवन निर्माण सम्पन्न भएपछि उक्त जग्गा स्वत खाली गरिदिनु पर्नेछ ।
उक्त स्थानमा व्यवसाय गर्दै आएका व्यापारीहरुले जेठ २६ गते बिहिबारसम्ममा टहरा खाली गरिदिने प्रतिवद्वता जनाएकोले २७ गतेबाट पुराना टहरा भत्काउने र नयाँ भवन निर्माण सुरु गर्न ठेकेदारलाई अनुरोध गर्ने निर्णय गरिएको हो । बैठकले भौतिक पूर्वाधार सम्बन्धी विभिन्न योजनाहरु प्रदेश मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडमा असार १ गतेदेखि आइतबार सार्वजनिक विदा नहुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img