भद्रपुर २२ जेठ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर झापाको भद्रपुर स्थित मेची बहुमुखि क्याम्पसले एक दिने क्याम्पस स्तरीय मिनी म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरेको छ । क्याम्पस मातहत रहेको वातावरण विज्ञान विद्यार्थी समाज (गोस) को आयोजनामा आइतवार क्याम्पसको विज्ञान संकायको भवनबाट प्रतियोगिताको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन गर्दै प्रमुख पोखरेलले वातावरणको संरक्षण र सम्वद्र्र्धन गर्नु सबैको कर्तव्य रहेको बताउदै स्वच्छ वातावरण निर्माण गर्न भद्रपुर नगरपालिका सदैव तत्पर रहेको बताउनु भयो । क्याम्पस प्रमुख जीवन पोखरेलले सन्तुलित वातावरण निर्माणमा भावी पुस्ताको योगदान महत्वपूर्ण रहेको बताउँदै सफा र स्वच्छ वातावरण निर्माणका लागि विद्यार्थीहरुको अपरिहार्य भुमिका रहेको बताउनु भयो ।
प्रतियोगितामा क्याम्पसमा स्नातक तहमा अध्यानरत ६० जना छात्रछात्राहरुको सहभागिता रहेका थियो । प्रतियोगिता भद्रपुरको क्याम्पस मोड, संगम चोक, जनता चोक, गणेश मन्दिर हँुदै रेडक्रस भवनबाट लगभग ४ किलोमिटरको क्षेत्र सम्पन्न गरि पुनः क्याम्पसमा आएर समापन भएको थियो । शिक्षालाई विल्डिङ्गमा मात्र नभएर वातावरणमैत्री शिक्षा जुन पृथ्वीको दीगो विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता सम्पन्न गरिएको स्ववियु सभापति भुवन बुढाथोकीले बताउनु भयो ।
प्रतियोगिताको सहजीकरण मेची क्याम्पस भद्रपुरका स्ववियु सभापति बुढाथोकी, क्याम्पसका शिक्षक शिक्षिका कर्मचारी विद्यार्थी लगायतले सहजीकरण गर्नु भएको थियो । क्याम्पस प्रांगण भित्र बृक्षारोपण समेत गरिएको स्ववियु सभापति बुढाथोकीले बताउनु भयो । दिनेश भट्टरार्इृको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बेनुप राज खतिवडाले गर्नु भएको थियो ।
वातावरण दिवसमा मेची क्याम्पसमा म्याराथुन

































































































