Homeसमाचारथुनेलोले २५ प्रतिशत उत्पादन घट्ने

थुनेलोले २५ प्रतिशत उत्पादन घट्ने

अर्जुनधारा २२ जेठ । दुहुना गाई वा भैंसीको कल्चौडो (फाँचो) सुन्निएर दुधको गुण तथा स्वादमा फरक पर्ने अवस्थालाई थुनेलो भनिन्छ । पछिल्लो समय अधिकांश किसान थुनेलोको मारमा छन् । थलो वा गोठको सरसफाई नभएको अवस्थामा विभिन्न किसिमका जिवाणुहरु कल्चौंडोमा प्रवेश गरेपछि दुहुना गाईभैंसीमा थुनेलो देखिन्छ । थुनेलो रोगले लगभग २५ प्रतिशतसम्म उत्पादन घट्ने हुनाले पनि आर्थिक दृष्टिकोणले घाटा हुनुका साथै थुनेलो भएको दुध स्वास्थ्यका लागिसमेत हानीकारक मानिने पशुपंक्षी मत्स्य तथा कछुवा विकास शाखा अर्जुनधाराका प्रमुख पदम राईले बताए ।
झापाको अर्जुनधारा–११ मा आयोजित थुनेलो रोकथाम तथा निशुल्क औषधि वितरण कार्यक्रममा थुनेलो रोगबारे जानकारी दिदै राईले भने–‘४० देखि ५० प्रतिशत दुुहुना गाईमा थुनेलोको समस्या देखिने गरेको छ । यसले किसानको थुप्रै रकम गुमिरहेको छ ।’ थुनेलो भएपछि दुध अस्वस्थ हुने र यो मानव स्वास्थ्यका लागि समेत हानीकारक मानिने उनको भनाइ छ ।
व्याएको वस्तुहरुको कल्चौडो सुनिनु, छँुदा दुखेको अनुभव गर्नु र तातो हुनु थुनेलोका मुख्य लक्षण हुन् । यस्तो लक्षण देखिएपछि दुधको गुणस्तरमा फरक आउने, रगत मिसिएको रातो र जमेको लेघ्राहरु देखिने र उपचारमा ढिलो भए पिप समेत आउन सक्दछ । समयमा उपचार नभए थुन नै बन्द हुने र दूध नआउने समस्या देखिने पशु चिकित्सकहरुको भनाइ छ ।
थुनेलो रोग नियन्त्रणको प्रमुख उपाय चाहिं गोठ सफा राख्नु नै भएको राईले बताए । पशुपंक्षी मस्त्य तथा कछुवा विकास शाखा अर्जुनधाराले नश्ल सुधार कार्यक्रम अन्तरगत अधिकतम दुध उत्पादन हुने जातको गर्भाधान गराएर उत्पादन बढाउने विधि अपनाइएको जानकारी दिए । उनका अनुसार अर्जुनधारा ११ मा कुकुरलाई भ्याक्सिन लगाउने कार्यक्रम समेत तय गरिएको छ ।
थुनेलो रोकथाम तथा निशुल्क औषधि वितरण कार्यक्रममा सो क्षेत्रका लगभग एकसय बढी किसानलाई थुनेलो नहुने औषधी वितरण गरिएको थियो । उक्त औषधी दुहुना पशु दोइसकेपछि औषधी राखेर केहीसमय थुन चोबेमा थुनेलोको समस्या नआउने बताइएको छ ।
स्थानीय सिता रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार राना, १० नम्बर वडाध्यक्ष फणिन्द्र न्यौपाने, ११ नम्बर वडाध्यक्ष खगेन्द्र इङ्नाम लगायतले मन्तब्य राख्दै समयमा मल विऊ नपाउँदा किसानहरुमा कुण्ठा उत्पन्न भए पनि उन्नत तरिका र जैविक विषादिको प्रयोगबाट समेत उत्पादन बढाउन सकिने बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारथुनेलोले २५ प्रतिशत उत्पादन घट्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img