HomeFeatured 2गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले वातावरण बनाउनु पर्छ: मन्त्री...

गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले वातावरण बनाउनु पर्छ: मन्त्री कार्की

लण्डन । १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताउनु भएको छ । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
बेलायतको स्कटल्याण्डस्थित इडनबर्गमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गैरआवासीय नेपालीहरुसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके विकासमा टेवा पुग्न सक्ने बताउनु भयो । ‘भूकम्प जाँदा अथवा बाढीबाट पीडित भएकाहरुको लागि मात्र होइन गैर आवासीय नेपालीहरुले विकासका धेरै क्षेत्रमा लगानी गर्न सक्छन्’ मन्त्री कार्कीले भन्नुभयो–‘विदेशमा भएका नेपालीहरु जुटेर आए संघीय र प्रदेश सरकारले लगानीको उचित वातावरण बनाउँछ । त्यसको सुरक्षाको ग्यारेन्टी पनि सरकारले नै लिन्छ ।’
गैर आवसीय नेपालीहरुको छाता संगठन (एनआएनए) ले आयोजना गरेको कार्यक्रममा कार्कीले गैरआवसीय नेपालीहरुको लगानी सुरक्षणका लागि विभिन्न योजनाहरु बनाउने बताउनु भयो । गैरआवासीय नेपालीहरुबाट सन्ततीको नागरिकता निरन्तरताको लागि माग उठ्ने गरेको उल्लेख गर्दै उक्त मागलाई आफूले नेपाल सरकार समक्ष माग पुर्याउने प्रतिवद्धता पनि जनाउनु भयो ।
एनआरएनए स्कटल्याण्डका सभापति काँशिराम भण्डारीले गैरआवासीय नेपालीहरु लगानी गर्न तयार रहेको तर झन्झटिलो प्रक्रियाका कारण समस्या हुने गरेको बताउँदै भन्नुभयो– ‘सहज व्यवस्था गर्नसके विदेशमा रहेका नेपाली आफ्नै ठाउँमा गएर काम गर्न चाहन्छन् ।’ एनआरएनए युकेकी निर्वतमान उपाध्यक्ष रेजिना प्रधान राईले भूकम्प आउँदा अथवा बाढी पीडितलाई संस्थागत सहयोग गर्नेमात्र नभएर लगानीको वातावरण नै सिर्जना गर्न सकिने बताउदै भन्नुभयो–‘सरकारले सकारात्मक पहल गरे हामी लगानी गर्न तयार छौं ।’ कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्की, स्कटल्याण्ड उपाध्यक्ष उज्वल कार्की, स्कटल्याण्ड राज्य समितिका संरक्षक भोला खनाल लगायतले एनआरएनएले सामाजिक क्षेत्रमा गरेका कामको विषयमा चर्चा गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले वातावरण बनाउनु पर्छ: मन्त्री...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img