HomeFeatured 2बिर्तामोड कृषकको घर घरमा गएर तथ्याङ्क संकलन गर्ने

बिर्तामोड कृषकको घर घरमा गएर तथ्याङ्क संकलन गर्ने

बिर्तामोड । किसान सूचीकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको कृषि पशुपंछि तथा मत्स्य विकास शाखाले मंगलबारदेखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाहरुले बिहीबारदेखि कृषकको घर घरमा गएर तथ्याङ्क संकलन गर्ने नगगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिनुभयो ।
बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर ३ र ७ का तिन हजार दुईसय घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागिएको हो । संघीय सरकारको सशर्त अनुदान अन्तर्गत रहेको यस कार्यक्रममा सुचिकृत भएका कृषकहरुलाई परिचय कार्ड वितरण गरीने र त्यसैका आधारमा सेवा सुविधा उपलव्ध गराउने सरकारको योजना अनुसार बिर्तामोडमा काम अघि बढाइएको हो ।
झापाका कमल र बुद्वशान्ति गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भइसकेको छ भने दमक नगरपालिका र कचनकवल गाउँपालिकामा चाँडै सुरु हुने कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । बिर्तामोडका २ वटा वडामा आगामी असार १५ गतेसम्ममा तथ्याङ्क संकलनको काम सकिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताउनु भयो ।
कृषिज्ञान केन्द्र झापाका वागवानी विकास अधिकृत तथा यस कार्यक्रमका फोकल पर्सन अंकित भट्टराईले तालिमको सहजिकरण गर्नु भएको थियो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भएको थियो । शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड कृषकको घर घरमा गएर तथ्याङ्क संकलन गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img