HomeFeatured 2कोदोको रक्सीलाइ बजारीकरण ब्रान्डिङ गर्न माग गर्दै १० बुँदे ज्ञापन

कोदोको रक्सीलाइ बजारीकरण ब्रान्डिङ गर्न माग गर्दै १० बुँदे ज्ञापन

बिराटनग । परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ ले प्रदेश निकायका मन्त्रीहरुलाई १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै आदिवासी जनजातिको परम्परामा पर्ने कोदोको रक्सीलाई अगाडि बढाउन माग गरेको छ ।
आईएलओ १६९ ले आदिवासी अधिकारसँगै उसको स्वामित्वबाट सञ्चालन हुँदै आएको अनेक प्रकारका खानालाई प्रवद्र्धन गर्न सरकारको दायित्व रहँदारहँदै पनि लोकतान्त्रिक गणतन्त्रका सरकारले बेवास्ता गर्नाले यस्तो आवाज उठाउन बाध्य भएको प्रवद्र्धन समितिका अध्यक्ष टेकबहादुर खजुमले बताए । कोदोको रक्सीलाई बजारीकरणमा सहयोग पुर्याउनुपर्ने माग गर्दै प्रदेश मन्त्रालय पुगेको बताए ।
खजुमको नेतृत्वमा गएको टोलीले उद्योग श्रम तथा रोजगार मन्त्रालयका मन्त्री प्रतापप्रकाश हाङगामलाई ज्ञापनपत्र बुझाउँदै कोदो उत्पादन क्षेत्रलाई प्रवद्र्धन गर्न र त्यसबाट उत्पादित मदिरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान ओगट्न सक्ने सम्भावना देखिएको हुँदा त्यसलाई पूरा गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको जानकारी दिए । त्यसरी नै अर्थमन्त्री इन्द्र आङ्बोलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।
प्रवद्र्धन समितिले योजना आयोगका माननीय उपाध्यक्ष डा. पूर्णकुमार लोक्सोमलाई पनि ज्ञापनपत्र दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री आङ्बो र डा. लोक्सोमले कोदोका रक्सीका विषयमा प्रदेश सरकारले अध्ययन अवलोकन गरी प्रतिवेदन तयार पारेको जानकारी दिँदै यसलाई संघमार्फत अगाडि बढाइने बताए ।
उद्योगमन्त्री हाङगामले कोदोको रक्सी प्रवद्र्धनका लागि गर्ने क्रियाकलापमा आफूहरु सदैव सकारात्मक रहेको जानकारी दिँदै पूर्वमन्त्री उषाकला राईले उठाएको आवाज प्रदेश नं. १ मा सार्थक हुन लागेको धारणा राखे ।
टोलीले मुख्यमन्त्री राजेन्द्र राईका स्वकीय सचिव भद्र पराजुलीमार्फत मुख्यमन्त्रीकोमा पुग्ने गरी ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा प्रदेश नं. १ का सबै पालिकामा पालिकास्तरीय सामुदायिक समितिहरु निर्माण गरी उत्पादन र बजारीकरण सञ्चालन गर्ने, पहाडी क्षेत्रमा थुप्रै भुभाग बाँझो रहेको कारण कोदो उत्पादनका लागि पहिचान गरी कोदो कृषिको विकासका लागि मल, बीऊ, प्रविधि उपलब्ध गराई कृषिमा युवाहरुको रोजगार सिर्जना गर्ने, कोदो उत्पादनमा प्राविधिक तालिम उपलब्ध गराउनुपर्ने, परम्परागत मर्चा स्थानीय बनस्पती, जडीबुटीको संरक्षण, उत्पादन र प्रशोधन गरिनुपर्ने, घरेलु रुपमा उत्पादित कोदोको रक्सीलाई संकलन गरी गुणस्तर परीक्षण गर्दै प्याकेजिङ, लेबलिङ गर्दै बजारीकरण गरिनुपर्ने, यसरी उत्पादन गरिएका रक्सीलाई राजश्व प्राप्तमा मद्दत पुग्ने, कोदोको रक्सी जनजातिहरुको संस्कृति पहिचान समेत भएको हुनाले यसलाई आधुनिकिकरण गर्न सके राष्ट्रिय संस्कृतिको संरक्षण तथा विकास गर्न सकिने जस्ता विषयहरु उल्लेख गरिएका छन् ।
ज्ञापनपत्रको अन्त्यमा यस्ता कार्यक्रम उल्लेखीय रुपमा अगाडि बढाउन ०७९÷०८० को वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्न समेत माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउन जनजाति महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठ, फोनिजका दिपीन राई, सदस्य दिलकुमार नेम्वाङ, विरेन मेचे, पाण्डपलाल चौधरी, राज खालिङ, बुद्धिमान मास्के लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोदोको रक्सीलाइ बजारीकरण ब्रान्डिङ गर्न माग गर्दै १० बुँदे ज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img