HomeFeatured 2बाह्रदशीका ३ सामुदायिक विद्यालयका बालबालिकालाई सिम्रिकले दियो पोशाक

बाह्रदशीका ३ सामुदायिक विद्यालयका बालबालिकालाई सिम्रिकले दियो पोशाक

बाह्रदशी १७ जेठ। झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बाह्रदशी गाउँपालिका वडा नं. १ र २ का तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।
बाह्रदशी १ को अमृत माविमा आयोजित एक कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति आधारभूत विद्यालयका ३० जना र भगवती आधारभूत विद्यालयका २६ जना गरी ११५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।


संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न विद्यालय पोशाक वितरण कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष टेकबहादुर सिंह राजवंशी रहेका थिए । प्रमुख अतिथि राजवंशीले आफ्नो मन्तब्यमा सिम्रिक साकोसले विपन्न परिवारका बालबालिकालाई विद्यालय पोशाक वितरण गरेर उनीहरुलाई शिक्षा प्राप्तिमा आकर्षण गरेको बताए ।
बालबालिकाले शिक्षा हासिल गर्न सके भने तिनको परिवारको जीवनस्तर माथि उठाउन मद्धत पुग्ने विश्वास ब्यक्त गर्दै वडाध्यक्ष राजवंशीले सिम्रिक साकोसले विपन्न विद्यार्थी छनोट गरेर पोशाक वितरण गर्दा सामाजिक उत्तरदायित्व बढेको अनुभूति गरेको बताए ।
मानवीय उद्धार सेवाकेन्द्र नेपाल, झापाको सहकार्यमा सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले सिम्रिक साकोसको वित्तीय अवस्था तथा संक्षिप्त चिनारी गराएका थिए । संस्था स्थापनाको १२ वर्षमा सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व निर्वाहका क्षेत्रमा देखिनेगरी काम गरिरहेको स्मरण गराउँदै बालबालिकालाई पोशाक वितरण पनि उदाहरणीय बन्नेमा विश्वास गरे ।
भोलिका कर्णधार, भावी राष्ट्रका गहना बालबालिका र विद्यार्थीलाई शिक्षाको उज्यालो घाममा रमाउन दिनु नै आजको आवश्यकता भएको जनाउँदै अध्यक्ष भट्टराईले सिम्रिक साकोस सबै बालबालिकाको भविष्य उज्जवल बनाउन लागिरहने विचार व्यक्त गरे ।
संस्थाका सञ्चालक समिति सदस्य नविन योगीले आमन्त्रितहरुलाई शब्दद्वारा स्वागत गर्दै विपन्न समुदायका बालबालिकालाई पोशाक वितरण गर्नुको औचित्यबारे प्रष्ट्याएका थिए ।
बाह्रदशी वडा नं. १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान पनि गरिएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई एकमुष्ठ पोशाक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव इन्द्रबहादुर कार्कीले गरेका थिए भने मानवीय उद्धार सेवाकेन्द्र नेपाल, झापाका अध्यक्ष धन बहादुर बुढाथोकीले आफ्ना धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाह्रदशीका ३ सामुदायिक विद्यालयका बालबालिकालाई सिम्रिकले दियो पोशाक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img