Homeसमाचारबिर्तामोड उद्योग बाणिज्य संघको भावी योजना प्रस्तुत, दुई पत्रकार पुरस्कृत

बिर्तामोड उद्योग बाणिज्य संघको भावी योजना प्रस्तुत, दुई पत्रकार पुरस्कृत

बिर्तामोड । जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेट उद्योगी र ब्यवसायीको पक्षमा भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताउनु भएको छ । सरकारले नीजि क्षेत्रको प्रर्वद्धन गर्नका लागि केही सहयोगी बन्ने बताउनु भयो । कोरोना कहरका कारण नीजि क्षेत्रको आर्थिक अवस्था धरासायी बनिरहेका बेला ल्याएको बजेट सकारात्मक भएको उहाँको भनाई थियो।
बिर्तामोड उद्योग वाणिज्य संघको सोमबार भएको पाँचौ साधारण सभाका प्रमुख अतिथी ढकालले बिर्तामोड उद्योग र ब्यवसायको ठूलो सम्भावा बोकेको क्षेत्र भएको बताउँदै ब्यवसायीको हितमा काम गर्न स्थानीय सरकारलाई आग्रह आग्रह गर्नुभयो ।
बिर्तामोडको विकास समृद्धिका लागि उद्योग वाणिज्य संघ सबैसंग हातेमालो गर्न तयार रहेको अध्यक्ष प्रकाश शिवाकोटीले बताउनु भयो । संघले साधारणसभामार्फत विभिन्न भावी योजनाहरु अघि सारेको छ । संघका अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघलाई आर्थिक रुपमा अझ दरिलो बनाउनका लागि संघको भुइँतला तथा पश्चिम र उत्तरको कम्पाउन्डवालको ठाउँमा सटरसहितको कोठा तयार गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने भएको छ ।
प्रत्येक सपिङमल, कम्प्लेक्स, मार्केट तथा अत्यधिक कारोबार हुने स्थानमा सुझाव पेटिका स्थापना गर्ने, बिर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त साझेदारी तथा समन्वयमा जनचेतनामुलक कार्यक्रम, उत्पादनमुलक कार्यक्रमहरु सञ्चालन गर्ने संघले योजना बनाएको छ । त्यस्तै, बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा रुखबिरुवा राप्ने तथा भद्रपुररोड सडकको बीच भागको रोड डिभाइडरमा फूलबगैँचा स्थापना गर्ने प्रतिवेदनमा उल्लेख छ ।
बिर्तामोडमा अति आवश्यक रहेको सार्वजनिक शौचालयको विषयमा अध्ययन गरी मुक्तिचोक क्षेत्रको आसपास, महेन्द्र राजमार्गको नजिक उचित जग्गाको खोजी गरी सार्वजनिक शौचालय स्थापना गर्न कार्यमा नगरपालिकासँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय सरकारको समन्वयमा बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा सडकबत्ती जडान गर्न र भएका ठाउँमा मर्मत गर्ने, रातिपनि प्रस्ट देखिन सकिने सिसी क्यामेरा थप गर्नका लागि आवश्यक समन्वय गर्ने योजना अघि सारेको अध्यक्ष शिवाकोटीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणसभालाई संविधानसभा सदस्य मनकुमार गौतम, सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य संघका प्रदेश–१ अध्यक्ष टीकाराज ढकाल, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजाल लगायतले शुभकामना राखेका थिए ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक विश्वमणी पोख्रेल, कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गरेका थिए भने सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए ।
संघको साधारणसभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष समेत रहेका कञ्चनजंघा एफएमका सम्पादक भट्टराई र पूर्वाञ्चल दैनिकका फोटो पत्रकार पाण्डेलाई साधारणसभाको अवसर पारेर सम्मान गरिएको हो ।
पत्रकारद्वयलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले दोसल्ला ओढाएर नगदसहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड उद्योग बाणिज्य संघको भावी योजना प्रस्तुत, दुई पत्रकार पुरस्कृत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img