बिर्तामोड १४ जेठ । बिर्तामोड नगरपालिका तथा अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ । आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना र केन्द्रका सल्लाहकार हर्कलाल गिरीको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरको बिशेष आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाई, उपमेयर नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई, अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश बास्तोला, १० का भुपेन्द्र न्यौपाने र वडा नं. ११ का खगेन्द्र इङ्नामलाई सम्मान गरिएको आदर्श सामुदायिक प्रहरी सेवाका सुरक्षाकर्मी सुनिता महतोले जानकारी दिनुभयो ।
आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पदम प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका सहसचिव गंगाप्रसाद मैनालीले गर्नुभएको थियो ।
आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा जनप्रतिनिधीलाई सम्मान

































































































