भद्रपुर १३ जेठ । नेपाल बार एशोसियसनका केन्द्रिय अध्यक्ष कृष्ण गोपाल घिमिरेले सम्पूर्ण कानून व्यवसायीहरुको लागि एसोसिएसनले ड्रेस कोर्टको परिकल्पना गरेको बताउनु भएको छ ।
एसोसियसन झापाको शुक्रबार चन्द्रगढीमा आयोजित ५५ औं साधारणसभाको उद्घाटन गर्दै कानून व्यवसायलाई कमाई खाने भाडो नभएर व्यवसाय प्रतिको इमान्दारिता देखाउन ड्रेस कोर्टको परिकल्पना गरेको बताउनु भएको हो ।
उहाँले कानून व्यवसायी विनाको न्यायलयको अर्थ नहुने भन्दै न्यायपालिकामा सुधार आउनु पर्ने बताउनु भयो । अध्यक्ष घिमिरेले कसैले कंहि कतैबाट कुनै पनि कानून व्यवसायीहरुलाई होच्याउने प्रवृति बार एसोसिएसनलाई शैया नहुने बताउदै इमान्दारीतापूर्ण तरिकाले व्यवसाय गर्ने कुनै पनि कानून व्यवसायीलाई दुव्र्यवहार गर्ने जो कसैलाई एसोसियसनले नछाड्ने बताउनु भयो ।
न्यायलयमा स्वस्च्छ र शुद्धता कायम गर्न न्यायधीस लगाएतको अदालतका कर्मचारीले कानुन समातेर काम गर्नु गर्नु पर्ने समेत बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला अदालत झापाका न्यायधीश गिरीराज गौतमले स्वच्छ निश्पक्ष न्याय प्रदान गर्न न्यायलय कठिबद्ध भएर लाग्ने बताउनु भयो । “नैतिक आचारण युक्त दक्ष, व्यवसायिकता हाम्रो प्रतिबद्धता, स्वच्छ र सक्षम न्यायपालिका सहितको संघियता” भन्ने मुल नारा रहेको सभाको अध्यक्षता झापा वारका अध्यक्ष हरी अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रममा एसोसियसन केन्द्रिय उपाध्यक्ष सुरज खत्री, पूर्व उपाध्यक्ष अशोक पोखरेल, बरिष्ठ अधिबक्ताहरु क्रमशः गजेन्द्र आचार्य, लिला प्रसाद सापकोटा, टंक उप्रेती, कुलप्रसाद दाहाल प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिना, कारागार प्रमुख सुरेन्द्र थापा, सहायक जिल्ला न्यायाधिवक्ता हेमचन्द्र रेग्मी लगायतले मन्तव्य राख्दै बार र न्यायालयप्रतिको सम्बन्धमा जोड दिनु भएको थियो ।
सचिव हेमकला कट्टेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष कमला आचार्यले गर्नु भएको थियो ।
‘कानून व्यवसायीहरुको लागि एसोसिएसनले ड्रेस कोर्टको परिकल्पना’

































































































