Homeसमाचारपुस्तकालयद्वारा जनप्रतिनिधिलाई सम्मान

पुस्तकालयद्वारा जनप्रतिनिधिलाई सम्मान

भद्रपुर १५ जेठ । लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले भद्रपुरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरेको छ । पुस्तकालयको सभाहलमा आइतबार आयोजित कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की वार्ड नं ७, ८, ९ र १० का वार्ड अध्यक्षहरु अभिषेख ढुङ्गाना, मनोज सुब्बा गौरब, राम दाहल र टेकबहादुर खड्का काजी लगायत वडा नं १० का सदस्यहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार चुडामणी रेग्मी निमिति कार्यबाहक अध्यक्ष हरीप्रसाद न्यौपाने ,लगायतका साहित्यकारहरुले खादा फुलमाला र अविरले सम्मान गरिएको थियो ।
पुस्तकालयका कार्यबाहक अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यृक्रममा नव निर्वाचित नगर प्रमुख पोखरेलले नगरपालिकाले साहित्य र कला क्षेत्रको बिकास गर्दै जनताले दिएको अवसरलाई खेर नफाल्ने बताउनु भयो ।
उहाँले आफुले सफथ ग्रहण खाएपछिको पहिलो बैठकले लोपोउन्मुख संथाल जातीको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको बताउदै नगरपालिका आर्थिक बोझ कटौती गर्न केही सवारी साधनलाई कटौती गर्दै जाने भन्ने निणर्य गरेको बताउनु भयो ।
पोखरेलले विभिन्न क्यान्स लगायतका दीर्घ रोगीहरुलाई राज्यले दिने आर्थिक सहयोगका नगरपालिकाबाट समेत थप गर्ने योजना नगरपालिकाले बनाएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले आफुहरुले सबै नगरबासीको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पुस्तकालयका सदस्य गोपाल आचार्यले संचालन गरेको कार्यक्रममा पुस्तकालयको परिचय सचिव हरीकिशोर आचार्यले दिनु भएको थियो भने साहित्यकार खगेन्द्र खुशीले कविताबाचनका साथ शुभकामना दिनु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपुस्तकालयद्वारा जनप्रतिनिधिलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img