HomeFeatured 2जुवा खेलिरहेको अवस्थामा बिर्तामोडबाट ५ जना नियन्त्रणमा

जुवा खेलिरहेको अवस्थामा बिर्तामोडबाट ५ जना नियन्त्रणमा

बिर्तामोड ११ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ५ को एकघरबाट जुवा जन्य खेल खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । बिर्तामोड ५ स्थित डालकुमार राईको घरमा जुवा जन्य खेल खेलिरहेको अवस्थामा घरमुली राईसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका वडा नं. १० का दिलकुमार श्रेष्ठ, बिर्तामोड नगरपालिका ५ सन्जीप घतानी, ससुहाङ चेम्जोङ, डालकुमार राई र मेचीनगर नगरनगरपालिका भुपु राई पक्राउ परेको प्रहरीले जनाएको छ ।
राईको घरमा जुवा जन्य खेल खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले ५ जना व्यक्तिसहित १ लाख ७४ हजार ७३५ रुपैयाँ, ३ बुङ तास र १५ थान कौडासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जुवा खेलिरहेको अवस्थामा बिर्तामोडबाट ५ जना नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img