झापा ११ जेठ । पुल नजिक पूर्व पश्चिम राजमार्गस्थित शिबसताक्षी नगर पालिका वडा नं. १ धरमपुरस्थित कमल पुलमा भएको सवारी दुर्घटनामा एक सुरक्षाकर्मीसहित दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७१८७ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको प्र १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा भएको दुर्घटना मोरङको पथरीशनिश्चरे ८ घर भई हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान प्रकाश राई र भोजपुरको सदानन्द नगरपालिका वडा नं. ८ का टिचोहाङ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा संलग्न बस चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. २ का टेकबहादुर पुरी प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।
सवारी दुर्घटनामा सुरक्षाकर्मीसहित २ को मृत्यु

































































































