Homeसमाचारह्वील चियर प्रदान गर्दै प्रसाईले गरे पदभार ग्रहण

ह्वील चियर प्रदान गर्दै प्रसाईले गरे पदभार ग्रहण

बिर्तामोड ११ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ५ का नवनिर्वाचित रोहित प्रसाईले सामाजिक कामबाट पदभार ग्रहण गरेका छन् ।
वडा कार्यालय प्रवेश गर्नुअघि वडाध्यक्ष प्रसाईले शारीरिक अपाङ्गता भई हिडडुल गर्न समस्या झेलिरहेका दुईजनालाई ह्वील चियर प्रदान गर्दै गरी वडाकार्यालयमा प्रवेश गरेका हुन् ।
प्रसाईले आफ्नै वडामा शारीरिक अपाङ्गता भई हिड्नै नसक्ने अवस्थाका रेवत कुँवर र वडा नं.–४ का ६७ वर्षीय देवीकुमार थापालाई ह्वील चियरमा बसाएर माला तथा नगदसहित प्रदान गरेका थिए ।
नवनिर्वाचित वडाध्यक्षसहित वडासमितिलाई निवर्तमान वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन तथा निवर्तमान वडासदस्यहरुसहितको टोलीले पदभार ग्रहण गराएको थियो ।
वडासमितिको पहिलो बैठकले समाजसेवी विवेककेशरी प्रसाईले अपेक्षा प्रसाईको नाममा रहेको कित्ता नं. २०२ को जमिन निःशुल्क उपलब्ध गराउने निवेदन सहर्ष स्वीकार गर्दै नगरपालिकाको नाममा जग्गा प्राप्तीका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै वडाभित्र रहेका अतिविपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य विमाको कार्य अघि बढाउने, भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने विवेककेशरी लाई हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै जनप्रतिनिधीलाई निर्वाचित गराउने सबै वडाबासीलाई धन्यवादसहित आभार व्यक्त गरेको छ ।
वडामा वडाध्यक्ष प्रसाईसहित ओमभक्त सेढाई, दुर्गाप्रसाद शिवाकोटी, शान्ता रोक्का र मालती विश्वकर्मा निर्वाचित भएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारह्वील चियर प्रदान गर्दै प्रसाईले गरे पदभार ग्रहण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img