Homeसमाचारझापामा 'हाईप्रोपाइल’ लाई गृह वडादेखि पालिकासम्म असफलता

झापामा ‘हाईप्रोपाइल’ लाई गृह वडादेखि पालिकासम्म असफलता

झापा । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिमचरणमा पुगेको छ । निर्वाचनमा जित्नेहरुले आ–आफ्ना तहको जिम्मेवारी संहाल्न थालेका छन् भने, पराजित हुने दल र व्यक्तिका समर्थकहरु अझै पनि सामाजिक सञ्जालमा घात र अन्तरघातका बिष बमन गरिरेहका छन् ।
इमान्दार कार्यकर्ताले नेताका कमजोरीहरु औंल्याइरहेका छन् । त्यतिमात्र होइन राजनीतिमा ‘हाईप्रोफाइल’ नेताहरुका गृहपालिकामै असफलता भोग्नुपरेको छ ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पालिकामा मात्रै होइन, क्षेत्रका चार पालिकामध्ये तीनवटा गुमाउनुप¥यो । गृहनगर दमकमा नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापासंग नगरको मेयरमा पराजित भइन । उपप्रमुखमा एमालेका अम्बिकाप्रसाद खनाललाई हराएर कांग्रेसकी रेगिना भट्टराई प्रसाई विजयी भइन् । यसअघि ओलीको गृह वडामा समेत एमाले पराजित भयो । यसअघि उनी निर्वाचन लडेको क्षेत्र नं–५ का चार पालिकामध्ये कमल र गौरीगञ्जमा पनि पराजय बेहोर्नुप¥यो भने गौरादह नगरपालिका प्रमुख र उपप्रमुख, गौरीगञ्ज र कमल उपप्रमुखमा मात्रै चित्त बुझाउनुप¥यो । कमल गाउँपालिकामा नेपाली कांग्रेसका हुकुमसिंह राई, उपाध्यक्षमा एमालेका प्रमिला न्यौपानेले जित हात पारे । यस्तै गौरीगञ्ज अध्यक्षमा कांग्रेसकी फुलवती राजवंशीले जित हात पारिन् भने उपाध्यक्षमा एमालेकी पुजन न्यौपाने निर्वाचित भइन् । गौरादह नगरपालिका प्रमुखमा एमालेका छत्रपति सुवेदी र उपप्रमुखमा एमालेकै जलबर्षा राजवंशी निर्वाचित भइन् ।
त्यस्तै एमालेका प्रदेश–१ सचिव चिन्तन पाठकको गृह पालिकाको नेतृत्व कांग्रेसको हातमा पुगेको छ । पाठकको गृहपालिका बुद्धशान्तिमा नेपाली कांग्रेसका मनोज प्रसाई अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै भवानी खतिवडाले बाजी मारेका छन् । उनको स्थायी निवास बुद्धशान्ति–२ मा पनि नेपाली कांग्रेसका डिल्ली ओली विजयी भए ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पनि लगभग तीनहजारको अग्रता एमालेलाई छ । काग्रेसका तर्फबाट नगरपालिकाको मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी र एमालेका गोपालचन्द्र बुढाथोकी प्रतिष्पर्धामा छन् ।
त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहवडामा पनि कांग्रेस पराजित भएपनि उनको निर्वाचन क्षेत्रमा भने कांग्रेसले २ पालिकामात्रै जित्न सफल भएको छ । राप्रपालाई पराजित गर्न कांग्रेस र एमालेबीच गठबन्धन भएको कचनकबलमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह र उपाध्यक्ष्मा एमालेका नवराज भटराई निर्वाचित भए । उनकै क्षेत्र भद्रपुर नगरपालिकामा कांग्रेसका गणेश पोखरेल प्रमुख र राप्रपाका राधा कार्की उपप्रमुखमा निर्वाचित भए । दुई पालिकामा कांग्रेसलाइ सफलता मिले पनि क्षेत्र नं ३ का अन्य दुई पालिका हल्दिबारी र बाह्रदशीमा भने कांग्रेसले पराजय बेहोर्नुप¥यो । हल्दिबारीमा राप्रपाका रविन्द्र लिङदेन अध्यक्ष र लक्ष्मी मैनाली उपाध्यक्षमा निर्वाचित भए भने बारदशीमा एमालेका देवीप्रसाद चम्लागाई अध्यक्ष र एमालेकै शान्तादेवी शिवाकोटी निर्वाचित भइन् ।
कांग्रेस ‘हाईप्रोफाइलका’ गृहनगर र वडा हारेका उदाहरणहरु प्रशस्तै छन्, तिनैमध्येको एक हो–अर्जुनधारा नगरपालिका । अर्जुनधाराका वडा नं.–७ नेपाली कांग्रेसका प्रदेश १ सभापति उद्धव थापाको गृह वडा हो । कांग्रेसले अर्जुनधारा १ देखि ६ वटा वडामा वडाध्यक्ष जितेपनि २०७४ मा जितेको वडा नं.–७ मा भने हार व्यहोर्नुपर्यो । यसैगरी अर्जुनधारा–८ मा समेत नेपाली कांग्रेसले पराजय बेहो¥यो । यो पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीसमेतको गृह वडा पनि हो भने पार्टी जिल्ला सचिव कृष्ण हुमागाँईको बसोबास भएको नगर पनि हो । यद्यपी हुमागाँईको गृह वडामा भने २५ बर्र्षपछि नेपाली कांग्रेसले वडाध्यक्षमा जित हात पारेको छ । अर्जुनधाराको प्रमुख र उपप्रमुखमा एमालेका बलदेव गोम्देन र खड्गमाया पराजुली निर्वाचित भए । कांग्रेसको भागमा ७ वटा वडाको वडाध्यक्ष प¥यो भने एमालेको भागमा मेयर–उपमेयरसहित ४ वडाध्यक्ष ।
उता पार्टीका जिल्ला सभापति देउकुमार थेवेको गृहनगर कनकाईमा उपमेयरमा चित्त बुझाउनु परेको छ । कनकाईमा पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसक्दा एमालेलाई फाइदा भएको छ । एमालेका राजेन्द्रकुमार पोखरेल पुनः मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका आशा शर्मा शिवाकोटी निर्वाचित भइन् । थेवेको निवास रहेको क्षेत्र नं–४ मा झापा गाउँपालिका अध्यक्षमा जयनारायण शाह र उपाध्यक्षमा अन्जुकुमारी थपलियासहित कांग्रेसको सिङ्गो टिम आएको छ । यद्यपि दुई वडामा भने कांग्रेसबाटै बागी उम्मेद्वारले जितेका छन् । तर शिवसतासी मेयरमा एमालेका मेघाहाङ थोप्रा र उपमेयरमा एमालेकै नरमाया कार्की निर्वाचित भएका छन् ।
यता कांग्रेसमा शालिन नेताका रुपमा चिनिने सुधिरकुमार शिवाकोटी, सबैले सम्मानका रुपमा लिएका डिल्लीप्रसाद सिटौला र राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको गृह नगर बिर्तामोडमा ३ वटा वडा मात्रै कांग्रेसको हातमा प¥यो । नगरप्रमुखमा एमालेकी पवित्रा महतारा प्रसाई र उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भए भने १० मध्ये ७ वटा वडा जित्न एमाले सफल भयो । ५२ जना निर्वाचित हुने नगरपरिषदमा कांग्रेसका तर्फबाट ९ जनामात्र निर्वाचित भएका छन् । यो २०७४ को भन्दा झण्डै आधा मात्रै हो ।
त्यसैगरी दुईतिहाई कायम गर्न सफल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नै क्षेत्रका तीन पालिका गुमाएका छन् भने हल्दिबारीमा भने अध्यक्ष उपाध्यक्षसहित बहुमत प्रतिनिधि निर्वाचित भएका छन् । लिङदेनको क्षेत्रमा राप्रपाको निकै प्रभाव क्षेत्र मानिएका हल्दिबारी र कचनकबलमध्ये यसबर्ष कचनकबल गुमाएका । त्यस्तै ०७४ को निर्वाचनमा गौरीगञ्जमा पालिकाको प्रमुख जितेको राप्रपाले यो पटक गुमाएको छ । त्यहाँ कांग्रेसकी फुलवती राजवंशी पालिका प्रमुखमा निर्वाचित भएकी छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा 'हाईप्रोपाइल’ लाई गृह वडादेखि पालिकासम्म असफलता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img