Homeसमाचारपहिलो चरणमा झापाका ११ पालिकाका प्रमुखले लिए सपथ ग्रहण

पहिलो चरणमा झापाका ११ पालिकाका प्रमुखले लिए सपथ ग्रहण

भद्रपुर ९ जेठ । दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट झापा जिल्लाका पालिकामा निर्वाचित पालिकाका प्रमुखहरूलाई शपथ ग्रहण गराइएको छ । जिल्लाका १५ वटा पालिकामध्ये पहिलो चरणमा ११ वटा पालिकाका मेयर तथा अध्यक्षहरूलाई सोमबार झापा जिल्ला अदालत भद्रपुरमा एक संक्षिप्त कार्यक्रमका बीच शपथ ग्रहण गराइएको छ ।
निर्वाचित मेयर तथा अध्यक्षहरूलाई मुख्य निर्वाचित अधिकृत तथा झापा जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमले शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण गर्ने मेयरहरू भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतरा, कनकाई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल, दमक नगरपालिकाका राम थापा, अर्जुनधारा नगरपालिकाका बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षी नगरपालिकाका मेघाहाङ थोप्रा रहेका छन् । त्यस्तै शपथ ग्रहण गर्ने अध्यक्षहरू बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाईँ, हल्दिबारी गाउँपालिकाका रवीन्द्र लिङ्देन, बाह्रदशी गाउँपालिकाका देवेन्द्रप्रसाद चौलागाई, कचनकवल गाउँपालिकाका कालेन्द्रप्रसाद सिंह राजवंशी, झापा गाउँपालिकाका जयनारायण साह रहेका छन् ।
शपथ लिएका पालिकाका मेयर तथा अध्यक्षहरूले आ–आफ्नो पालिकामा निर्वाचित उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ खुवाउँदै अधिकांस पालिकाहरूमा पदभार ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ ।
यता आइतबार राती मात्रै गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको परिणाम सार्वजनिक भएको र मेचीनगर नगरपालिकाको मतगणना अझै जारी रहेकोले चार पालिकाका मेयर तथा अध्यक्षहरूलाई दोस्रो चरणमा शपथ ग्रहण गराइने मुख्य निर्वाचित अधिकृत गौतमले जानकारी दिनुभयो ।
मुख्य निर्वाचित अधिकृत गौतमको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । स्वागत मन्तव्य जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले राखेको कार्यक्रमको सञ्चालन गणेश पाण्डेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपहिलो चरणमा झापाका ११ पालिकाका प्रमुखले लिए सपथ ग्रहण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img