HomeFeatured 2गाई/भैंसीमा हुने थुनेलो सम्बन्धी एक जानकारी

गाई/भैंसीमा हुने थुनेलो सम्बन्धी एक जानकारी

मानिसलाई जस्तै हामीले पालेका पशु चौपायालाई पनि विविध रोग लाग्ने गरेको छ । पशुपालक कृषकहरुले पशुमा लाग्ने रोगको सामना गर्दै आउनु भएको सर्वविदितै छ । त्यस्तै रोग मध्येको एक हो । थुनेलो । दुहुना गाई भैंसीमा हुने थुनेलोका कारण कृषकले आम्दानीमा पनि घाटा खेप्नु परेको छ । के हो थुनेलो ? थुनेलोको उपचार कसरी गर्न सकिन्छ ? भन्ने बारे जानकारी मुलक एक सन्दर्भ । कल्चौडो सुनिनु वा दूधको गुणमा फरक पर्ने अवस्थालाई थुनेलो भनिन्छ ।
पोथी जातिका गाई, भैंसी, भेडा, बाख्रा,घोडा आदि सबै जसो जनावरहरुलाई हुन सक्दछ ।
यो एउटा नेपालमा सामान्य देखिने रोग हो र खासगरी पशुहरु व्याउने वित्तिकै देखिन्छ ।
थुनेलो रोग धेरै किसिमका जिवाणुहरुको कारणबाट हुन्छ । यदि गोठ, थलोमा राम्रो सरसफाई भएको छैन भने जनावर व्याएको समयमा विभिन्न किसिमका जिवाणुहरु कल्चौडोमा थुनबाट प्रवेश गर्दछ ।
रोग लागि सकेपछि आर्थिक दृष्टिकोणले निकै घाटा हुन जान्छ र करिव २५ प्रतिशत जति उत्पादन घटाउदछ ।
थुनेलो रोग लागेको दूध मानिसले खाएमा जिवाणुको कारणबाट मानिसमा पनि अनेक किसिमका रोगहरु लाग्ने प्रवल सम्भावना हुन्छ ।
रोगको प्रमुख लक्षणहरु
व्याएको वस्तुहरुको कल्चौडो सुनिनु, छुदा दुखेको अनुभव गर्नु र तातो हुनु ।
दूध नदिनु र कल्चौडो, थुन साह्रो हुनु, दूधको गुणस्तरमा फरक देखिनु, दूधमा रगत मिसिएको रातो वा जमेको लेघ्राहरु (टुक्रा) देखिनु ।
उपचार गर्न ढिला भएमा भित्र पाक्दछ र पिप पनि आउँदछ ।
यदि थुन मात्रै सुन्निएको भए शुरुमा दूध राम्रो हुन्छ तर थुन सुन्निएकोले दूध दुहुन गाह्रो पर्दछ ।
अति तिव्ररुपमा भएमा पशुलाई ज्वरो आउने, झोक्रिने, खाना नखाने हुन्छ ।
समयमा उपचार नभए थुन बन्द हुन्छ र दूध नआउने र पुरा कल्चौडो नै खतम हुने संभावना हुन्छ ।
रोग निदान :
दूइ तरिकाबाट यो रोगको निदान गर्न सकिन्छ ।
माथिका लक्षणको आधारमा
दूधलाई प्रयोगशालामा परिक्षण गराएर
उपचार
दूध बेला बेलामा दुहुनु पर्दछ ताकि कल्चौडोमा पर्ने दवाव कम होस ।
यदि दूध आएको छैन भने किटाणु रहित पारेको थुन भित्र राख्ने नलि जसलाई Teat Syphon/Teat canula भनिन्छ । थुनमा भित्र घुसाउने र भित्रिएको दूध सवै निकाल्ने ।

सबै दूध निकालेपछि क्यानुलालाई बाहिर निकाल्नु पर्दछ । कल्चौडो र थुनलाई विहान बेलुका राम्रोसँग सेकी दिने ।

यदि दूध पानी जस्तो रगत मिसिएको पिप जस्तो भएमा जिवाणुको कारणबाट थुनेलो भएको रहेछ भनी बुझ्नु पर्दछ । त्यस्तो अवस्थामा पशुलाई एन्टीवायोटिक सुई दिने सबै दूध निखारेर मात्र औषधि थुनमा राख्नु पर्दछ ।

नसुन्निने, नदुख्ने सुई दिने र विभिन्न प्रकारका मलहम पाइन्छ ति मध्ये कुनै एक लगाई दिने गर्नु पर्दछ ।

त्यस्तो अवस्थामा पशुलाई राम्रो दानापानी दिनु पर्छ ।
ध्यान दिनु पर्ने कुराहरु :
दूध दुहुने मान्छेले नब नपाल्ने र हात सफा राख्ने गर्ने ।
दैनिक दूध दुहुनु भन्दा पहिले कल्चौडो सफा गर्ने ।
औषधिहरु प्रयोग गर्दा राम्रो संग प्रयोग गर्ने ।
थुनेलो रोग लागेको थुन वा जनावरलाई अरु पशुहरु दुहि सकेपछि मात्र दुहुने गर्नु पर्दछ र दुहुनो पशुको गोठ सफा राख्नु पर्दछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गाई/भैंसीमा हुने थुनेलो सम्बन्धी एक जानकारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img