Homeसमाचारबलात्कार अभियोगमा पक्राउ परेका म्यादी प्रहरीलाई उदयपुर लगियो

बलात्कार अभियोगमा पक्राउ परेका म्यादी प्रहरीलाई उदयपुर लगियो

भद्रपुर ७ जेठ । बालिका बलात्कार अभियोगमा झापाको गौरीगञ्जमा पक्राउ परेका एक म्यादी प्रहरीलाई उदयपुर पठाइएको छ । २०७४ साल जेठ ३ गते १४ वर्षीया एक बालिकालाई सोही ठाँउको गहते जंगलमा लगेर बलात्कारपछि बालिकालाई बेहोस बनाएर फरार उदयपुरको ताप्ली गाँउपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ उदयपुर पठाएको हो ।
उदयपुरबाट फरार रहेका पोखरेलको प्रहरीले खोजी गरिरहेको थियो । स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि उनले आवेदन दिएका थिए । छनौट प्रक्रिया पुरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताइएको छ ।
पक्राउ परेको पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
उदयपुरमा अपराधमा संलग्न कमलप्रसादलाई बलात्कार मुद्धामा दोषी ठहर गर्दै उदयरपुर जिल्ला अदालतले २०७७ साल मंसीर २३ गते ९ वर्ष जेल सजाय र एकलाख रुपैंया पिडितलाई क्षतिपूर्ति भराउन आदेश थिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबलात्कार अभियोगमा पक्राउ परेका म्यादी प्रहरीलाई उदयपुर लगियो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img