HomeFeatured 2स्वरोजगार भवानी सहकारी पसल समुद्घाटन

स्वरोजगार भवानी सहकारी पसल समुद्घाटन

बिर्तामोड ७ जेठ । स्वरोजगार भवानी सहकारी संस्थाले स्वरोजगार भवानी सहकारी पसल आजदेखि औपचारिक रूपमा संचालनमा ल्याएको छ ।
संस्थाद्वारा आयोजित कार्यक्रमका बीच विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश शिवाकोटीले रिवन काटेर पसलको समुद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवाकोटीले दैनिक प्रयोगका सामग्रीमा परनिर्भरता बढ्नु र डलरको भाउ बढ्नुका कारण उपभोक्ता दिनानुदिन महंगीको मारमा परेको बताउनु भयो । सहकारीको माध्यमबाट उत्पादनमा जोडदिनु पर्ने धारणा राख्दै कृषिजन्य उत्पादनमा कृषकलाई प्रोत्साहन गरी उत्पादनलाई सहकारी पसलको माध्यमबाट उपभोक्तासम्म जोड्न सक्नुपर्ने धारणा राख्नु भयो । विर्तामोडमा भएको मूल्य बृद्धिले साविक मेचीका सबै जिल्लामा असर पर्ने बताउनु भयो ।


कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले कृषि उद्यममा लगानी गरेर उत्पादन बढाउन सुझाउनु भयो ।
त्यस्तै मनमोहन सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक रोमणी भट्टराईले सहकारी पसलले सरकारको तीनखम्बे अर्थ नीति अनुसार सहकारीको माध्यमबाट खोलिएका सहकारी पसलले उत्पादक र उपभोक्तालाई जोड्दै समग्र अर्थतन्त्र बृद्धिमा सहयोग पुर्याउनुपर्ने धारणा राख्नुभयो ।
स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलावारी सेवा केन्द्रका सञ्चालक समिति सदस्य सुरेन्द्र बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनोज भट्ट्राईले गर्नुभएको थियो ।
कार्यक्रममा युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
४९ हजार भन्दा बढी सदस्य रहेको स्वरोजगार भवानीले विर्तामोडस्थित पुरानो ट्याक्सी स्टेन छेउमा सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्वरोजगार भवानी सहकारी पसल समुद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img