Homeसमाचारको हुन् बुद्धशान्तिका अध्यक्ष प्रसाई ?

को हुन् बुद्धशान्तिका अध्यक्ष प्रसाई ?

पञ्चायती शासन ब्यवस्थाकालमा दलहरु प्रतिबन्धित थिए । राजनीतिक दल र तिनका भातृ संघसंस्थाले सांगठनिक रुपमा देखिएर भन्दा पनि अनौपचारिक रुपमै प्रजातन्त्र र बहुदलीय ब्यवस्थाका लागि संगठन, संघर्ष र प्रजातान्त्रिक शासन ब्यवस्थाप्रति जनमत जुटाउनुपथ्र्यो ।
त्यही प्रतिबन्धित कालदेखि नै विद्यार्थी राजनीतिमा प्रवेश गरे–झापा बुद्धशान्ति–२ का मनोज प्रसाई । घरको माहौल नै राजनीतिमय थियो, उनका बुवा खड्गप्रसाद प्रसाई र आमा महालक्ष्मी प्रसाइ वी.पी. कोइरालाले लिनुभएको प्रजातान्त्रिक समाजवादको बाटोमा सक्रिय राजनीति गर्थे ।
शोषण, दमनका विरुद्ध लड्नुपर्छ भन्ने भावना त्यहीबाट जागृत भयो उनमा । २०४६ सालको जनआन्दोलनका क्रममा १४ दिनसम्म हिरासतमा परेपछि प्रजातान्त्रिक समाजवादप्रतिको निष्ठा र लगाव झन् बढेर गयो–मनोजमा । २०४६ को जनआन्दोलन सफल भएसँगै २०४७ सालमा नेपाली कांग्रेसले सक्रिय सदस्यता वितरण ग¥यो । त्यसबेला जेल–नेल, यातना सहेका कार्यकर्ता प्राथमिकतालाई राखेर सक्रिय सदस्यता वितरण गरिएको थियो । त्यही बेला सक्रिय सदस्यता पाए मनोजले पनि । त्यसयता उनी कांग्रेसको राजनीतिमा सक्रियतापूर्वक लागिरहे । उनै मनोज अहिले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
नमुना गाउँपालिका बनाउने योजनासहित निर्वाचनमा होमिएका प्रसाईका योजना सफलताका लागि हाम्रो पनि शुभकामना ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारको हुन् बुद्धशान्तिका अध्यक्ष प्रसाई ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img