दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राम थापा निर्वाचित भएका छन् । थापालाई कांग्रेस, माओवादीसहितका दलहरुको समर्थन रहेको थियो ।
थापाले नेकपा एमालेकी केन्द्रिय सदस्य तथा निर्वतमान उपमेयर गीता अधिकारीलाई हराउँदै नगरप्रमुखमा विजयी भएका हुन् । दमकको मेयरमा निर्वाचित राप्रपाका राम थापा र उपमेयरमा निर्वाचित कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भएकी छन् ।
थापाले १७ हजार ५२५ मत ल्याउँदै विजयी बने भने एमालेकी अधिकारीले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा पनि गठबन्धनकी उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छन् । नेकपा एमालेका अम्बिकाप्रसाद खनाललाई पछि पार्दै भट्टराई उपप्रमुखमा विजयी भएकी हुन् । भट्टराईले १७ हजार ७२ मत प्राप्त गरिन् भने एमालेका खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन् ।
दमकको मेयरमा राप्रपाका थापा, उपमेयरमा कांग्रेसकी भट्टराई

































































































