विर्तामोड । झापाको विर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतरा प्रसाईं निर्वाचित भएकी छन् । नेकपा एमालेबाट मेयरकी आकांक्षी महताराले प्रतिष्पर्धी नेपाली कांग्रेसका भोजराज सिटौलालाई पाखा लगाउँदै मेयरमा निर्वाचित भएको निर्वाचत अधिकृत डम्बरप्रसाद काफ्लेले बताए । आठजना मेयरका आकांक्षी उम्मेद्वारहरु मध्ये विर्तामोडमा तेस्रो स्थानमा राप्रपाका ध्रुव उप्रेती पनि चुनावी मैदानमा थिए ।
त्यस्तै उपमेयरमा पनि नेकपा एमालेकै उम्मेद्वार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका सीपी कडरिया र राप्रपाकी रञ्जु प्याकुरेललाई पछि पार्दै उपमेयरमा निर्वाचित भएका हुन् ।
बैशाख ३० गते सम्पन्न मतदानको विर्तामोड नगरपालिकमा सम्पूर्ण मतगणना शुक्रबार सम्पन्न भएको छ । मत परिणाम अनुसार कांग्रेसले ३ वटा वडा र राप्रपाबाट १ वडाध्यक्षमा निर्वाचित हुँदा बाँकी ६ वटा वडाका वडाध्यक्षमा एमालेले नै जीत हासिल गरेको छ ।
जस अनुसार वडा नं. १, २, ३, ४, ७ र ९ नं. वडाका वडाध्यक्षमा क्रमशः अग्नी पाण्डे, किशोर पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, अविरल कृष्ण खरेल र हरि तिम्सिना निर्वाचित भएका छन् । त्यसैगरी वडा नं. ५, ६ र १० नम्बर वडाको वडाध्यक्षमा क्रमश ः रोहित प्रसाई, सूर्य कन्दङ्वा र दुर्योधन गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै वडा नं.८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित निकालेको छ ।
बिर्तामोडको मेयर र उपमेयरमा प्रसाई र संग्रौला, १० वडामध्ये ३ कांग्रेस १ राप्रपा, ६ एमाले

































































































