Homeसमाचारझापामा अध्यक्ष, उपाध्यक्षसहित कांग्रेस र स्वतन्त्रले जित्दा एमाले पाखा

झापामा अध्यक्ष, उपाध्यक्षसहित कांग्रेस र स्वतन्त्रले जित्दा एमाले पाखा

झापा । पालिका भित्र बसोबास गर्ने जनताको सुख दुःखका सारथी बनेका जयनारायण साह झापा गाउँपालिकाको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । नेपाली काँग्रेसका तर्फबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा शाह र उपाध्यक्षमा कांग्रेसकै अञ्जुदेबी थपलिया निर्वाचित भएका छन् । अध्यक्षमा साहले नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार गौरीशंकर राजबंशीलाई २६३३ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् भने उपाध्यक्ष थपलियाले एमालेकी उपाध्यक्ष पदकी उम्मेद्वार देवीमाया अधिकारीलाई १४९७ मतान्तरले पछि पार्दै बिजयी बनेकी हुन् । शाह गाउँपालिकाका निबर्तमान अध्यक्ष पनि हुन् ।
शाहले ६९९८ ल्याउँदा उनका निकटम प्रतिद्धन्द्धी राजवंशीले ४३६५ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा थपलियाले ५८६८ मत ल्याउँदा एमालेकी अधिकारी ४३७१ मत ल्याएर पराजित भएकी हुन् ।
अध्यक्ष पदका उम्मेद्वार नेकपा ९माओवादी केन्द्र० का रुद्र बजगाईंले ३७५५, राप्रपाका चन्द्रबहादुर कार्कीले ३०२, कुखुराको भाले १८, भुइकटर ४८, लाउड स्पीकर ५८ ढल्केको छाता ६२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पदकी उम्मेद्वा माओवादीकी मुन्नावती गणेशले २८०४, राप्रकाकी तारामाया राईले ७५४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा नम्बर ७ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका सखिचन्द्र ठाकुर विजयी बनेका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सखिचन्द्र ठाकुरले स्वतन्त्र उम्मेदवार टिकाप्रसाद चुडाललाई पछि पार्दै बिजयी बनेका हुन् ।
झापा गाउँपालिकामा वडा नं. १, २, ४ ६ र ७ नं. वडामा वडाध्यक्ष समेत कांग्रेसले जितेको छ भने ३ र ५ नं. वडामा स्वतन्त्र उम्मेद्वार निर्वाचित भएका छन् । कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनेहरुमा १ नं वडादेखि क्रमशः राजकुमार यादव, हिमाल कुमार चम्लागाई, महमद ताहिर, नविनकिशोर थापा र सखिचन्द्र ठाकुर रहेका छन् भने स्वतन्त्रबाट वडा नं. ३ र ५ मा सुभाषलाल गणेश र कृष्ण प्रसाद राजवंशी रहेका छन् । गाउँपालिकामा जम्मा १७८२२ मत खसेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा अध्यक्ष, उपाध्यक्षसहित कांग्रेस र स्वतन्त्रले जित्दा एमाले पाखा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img