झापा । उही पदमा पुन दोहोर्याउने अभिलाशाले उम्मेद्वार भएका झापाका एक मेयरसहित दुई अध्यक्षमा निर्वाचित भएका छन् ।
संघीयतापछि पहिलो पटक २०७४ मा भएको स्थानीय निर्वाचनबाट झापा गाउँपालिकाको अध्यक्षमा निर्वाचित जयनारायण साह पुनः दोस्रो कार्यकालका लागि सोही पदमा दोहोरिएका छन् । अन्य पालिकाहरुमा सत्ता गठबन्धनका केही दलसंग गठबन्धन गरेपनि झापामा भने दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका थिए । बैशाख ३० गते सम्पन्न मतदानको बिहिबार प्राप्त मत परिणाम अनुसार साह पुनः अध्यक्षमा निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
साहले प्रतिष्पर्धी एमालेका गौरीशंकर राजवंशीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका साहले ६९९८ मत प्राप्त गर्दा पराजित नेकपा एमालेका उम्मेद्वार राजवंशी ४३६५ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पनि पुनः मेयरमा निर्वाचित भएका छन् । कनकाईमा कांग्रेसभित्रको किचलोका कारण पोखरेल पुनः निर्वाचित हुन सफल भएको स्थानीय बताउँछन् । नगरमा भारी बहुमतका साथ पहिलो कार्यकालमा मेयर बनेका पोखरेलको विवादमुक्त हुन नसकेको स्थानीय बताउँछन् । उनीहरु भन्छन्–‘कांग्रेसले आफ्नैलाई मिलाएर टिकट दिन नसक्दा पोखरेलले पुनः मौका पाए ।’
प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार रुद्र चिमरियालाइ पछाडि पार्दै मेयरमा निर्वाचित भएका राजेन्द्रकुमारले ८६७३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी चिमरियाले ६६६१ मत प्राप्त गरेका थिए । कांग्रेसबाट चिमरियाका साथै स्वतन्त्र उम्मेद्वारका रुपमा शेरबहादुर थापा उम्मेद्वार भएका थिए । यी दुईको मत जोड्ने हो भने १२ हजार बढी मत हुन्छ ।
त्यस्तै पहिलो कार्यकाल सहज सञ्चालन गर्न अनेक हण्डर खेपेका रविन्द्रप्रसाद लिङदेन पुनः –हल्दिबारी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका छन् । लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टीका लिङदेनले ६८५६ मत प्राप्त गर्दा एमालेका अध्यक्षका प्रत्यासी डम्बर गिरीले ४६६६ मत प्राप्त गरेका थिए ।
पालिका प्रमुखमा दोहोरिन सफल अनुहारहरु

































































































