काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका २ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको जनाइएको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मुल्य अनुसार २८ लाख ८७ हजार १८२ रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
२८ लाख ८७ हजार १८२ रुपैयाँ बराबरको अबैध सुनसहित १ पक्राउ

































































































