HomeFeatured 2भद्रपुरमा काँग्रेसको प्रमुख राप्रपाको उपप्रमुख, वडामा मिश्रित परिणाम

भद्रपुरमा काँग्रेसको प्रमुख राप्रपाको उपप्रमुख, वडामा मिश्रित परिणाम

भद्रपुर । स्थानीय तह निवार्चत २०७९ अन्तर्गत भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । भद्रपुरका नगर प्रमुख पदमा भएको निर्वाचनमा १२ हजार ५२५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन् ।
प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार असारु राजवंशीले ९ हजार ७५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् । त्यसै गरी क्रमशः राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बुले ६ सय ८, जनता समाजवादी पार्टी, नेपालका समर कुमार राईले ३ सय ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्र कुमार सुहाङले ३ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ प्राप्त गर्न सफल भएका हुन् ।
त्यसै गरी नगर उप–प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिव कुमार राजभण्‍डारीले ८ हजार ५ सय ३३ मतका साथ उपविजेता भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कौशल्या अधिकारीले ८ हजार ४ सय ३, जनता समाजवादी पार्टी, नेपालका नुतन झाले ४ सय ३०, राष्ट्रिय जनमुक्ति पार्टीका मञ्जु वर्माले ३ सय ४१, मंगोल नेशनल अर्गनाइजेसनका यम कुमरी लिम्बु ३ सय ३६, मौलिक जरोकिलो पार्टीका कृष्ण देवी चुडाल ओलीले ३८ मत प्राप्त गर्न सफल भएका हुन् ।
भद्रपुरको वडा नं. १, ९ र १० नं. वडाको वडाध्यक्षमा क्रमशः नेकपा एमालेकातर्फबाट रामप्रसाद अधिकारी, रामप्रसाद दाहाल र टेकबहादुर खड्का विजयी भएका छन् भने वडा नं. २ ५, ६ र ८ को वडाध्यक्षमा क्रमश नेपाली कांग्रेसतर्फबाट रामप्रसाद कँडेल, बन्धु कार्की र रतिया राजवंशी, गौरब सुब्बा निर्वाचित भएका छन् । त्यस्तै वडा नं. ३ र ७ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमबहादुर कार्की, अधिशेष ढुङ्गाना तथा वडा नंं ४ मा नेकपा माओवादी केन्द्रका हंशधर राजवंशी निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।
यस निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको थियो । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २ सय ८६ मतदानस्थल र ७ सय ५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो यसैबीच झापामा ६५ प्रतिशत मत खसेको थियो ।
जम्मा मत संख्या ५१२६० खसेको मत ३४०२८
नगर प्रमुख पदमा प्राप्त गरेको मत परिणाम:
रूख १२५२५ सूर्य ९७५९ हलो ६३१० घर ६०८ ढल्केको छाता ३६१ कुखुराको भाले ३०० दाप सहितको खुकुरी ३४, किर्बोड सहितको कम्प्युटर ३९
नगर उपप्रमुखका उम्मेदवारले प्राप्त मत विवरण
हलो ९२३० हँसिया हतौडा ८५३३ सूर्य ८४०३ घर ३४१ ढल्केको छाता ४३० कुखुराको भाले ३०० दाप सहितको खुकुरी ३३६, किर्बोडसहितको कम्प्युटर ३८

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुरमा काँग्रेसको प्रमुख राप्रपाको उपप्रमुख, वडामा मिश्रित परिणाम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img