इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मणिकुमार स्याङ्वो (सुवास) निर्वाचित हुनुभएको छ ।
गत बैशाख ३० गते सम्पन्न मतदानबाट अध्यक्षमा मणिकुमार स्वाङ्वो (सुवास) निर्वाचित हुँदा उपाध्यक्षमा नेकपा एमालेबाट उम्मेद्वार हुनुभएकी विष्णुमाया भुजेल निर्वाचित हुनुभएको छ ।
यसअघि रोङ गाउँपालिका वडा नं.–६ को अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका स्याङ्वोले गाउँपालिकामा निर्वाचित भएसंगै जनताको सेवामा समर्पित हुने प्रतिवद्धता जनाउँदै भन्नुभयो–‘काम सेवा र जात जनप्रतिनिधी हो ।’
आफू वडाध्यक्ष हुँदा स्थानीय तहलाई खुल्ला विश्व विद्यालय जस्तो लागेको बताउँदै उहाँले भन्नुभयो–‘भोगाई अनुभव र अनुभूतिलाई आधार मानेर समस्याहरुको समाधानका लागि संस्थागत गर्दै अघि बढ्नेछु ।’
निर्वाचनका क्रममा ठूला सपना नबाँडेको स्पष्ट पार्दै शिक्षा, स्वास्थ्य, पर्यटन, विकाससंग ग्रामिण जनतालाई जोडेर अघि बढ्ने बताउनु भयो । निर्वाचनमा जो जुन पार्टीबाट उम्मेद्वार भएपनि निर्वाचित भएपछि सबैको साझा अभिभावक भएको स्पष्ट पार्दै सबैलाई समेटेर अघि बढ्ने जनाउनु भयो ।
शिक्षा, स्वास्थ्य, पर्यटन, विकाससंग ग्रामिण जनतालाई जोड्छु- स्याङ्वो

































































































