झापा । २०७४ को निर्वाचनमा दोस्रो भएको नेपाली काँग्रेस यसपटक प्रदेश १ मा पनि पहिलो बन्ने भएको छ । नेकपा र एमालेको विभाजन तथा सत्तारुढ दलको चुनाबी गठबन्धनको कारण काँग्रेसले स्थानीय चुनावमा प्रदेश १ राम्रो फाइदा उठाउने अहिलेसम्मको नतिजाले देखाएको छ ।
प्रदेश १ का १३७ स्थानीय तहमध्ये मंगलबार अपरान्हसम्म ७५ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । नतिजाअनुसार काँग्रेस ३८ वटा स्थानीय तह प्रमुख/अध्यक्ष र २५ वटा उपप्रमुख/उपाध्यक्ष पद जितेर पहिलो स्थानमा छ । २०७४ मा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो ।
२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले हालसम्म २१ वटा प्रमुख/अध्यक्ष र २५ उपप्रमुख/उपाध्यक्ष पद जितेको छ । नेकपा माओवादी केन्द्रले प्रमुख/अध्यक्षमा १२ र उपप्रमुख/उपाध्यक्षमा १८ वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यसपटक थप ३ स्थानीय तह जितिसकेको छ । अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले अहिलेसम्म कुनै पनि स्थानीय तह जितेको छैन । यद्यपि २ स्थानीय तहमा उसको अग्रता छ ।
अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले यसपटक प्रमुख १ र स्थानीय तह जितेर २ उपाध्यक्ष पनि जितेको छ । प्रदेश १ मा अहिलेसम्म २ जना स्वतन्त्र उम्मेद्वारले प्रमुखरअध्यक्ष पदमा जीत हासिल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीले १ प्रमुख/अध्यक्ष र ५ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।
भोजपुर
१. राप्रसाद राई गाउँपालिका , अध्यक्षः थामबहादुर राई (माओवादी) उपाध्यक्षः वीरेन्द्र राई (काँग्रेस)
२. अरूण गाउँपालिका
अध्यक्षः शालिकराम खत्री (काँग्रेस) उपाध्यक्षः बिनिता ढकाल (काँग्रेस)
३. साल्पासिलिछो गाउँपालिका
अध्यक्षः दौलथकुमार कुलुङ राई (स्वतन्त्र) उपाध्यक्षः अस्मिता कुलुङ राई (काँग्रेस)
४. आमचोक गाउँपालिका
अध्यक्षः अशोक राई (माओवादी) उपाध्यक्षः सीता राई (माओवादी)
५. हतुवागढी गाउँपालिका
अध्यक्षः प्रेमकुमार राई (एमाले) उपाध्यक्षः सुनिता राई (माओवादी)
६. पौवादुङ्मा गाउँपालिका
अध्यक्षः किरण राई (एमाले) उपाध्यक्षः ज्योत्सना राई (एमाले)
७. षडानन्द नगरपालिका
प्रमुखः सुरेन्द्रकुमार उदास (एमाले) उपप्रमुखः प्रमिला राई (माओवादी)
८. भोजपुर नगरपालिका
प्रमुख कैलाशकुमार आले (काँग्रेस) उपप्रमुखः निर्मला शेर्पा (एमाले)
९. टेम्केमैयुङ गाउँपालिका
अध्यक्षः सरोज बस्नेत (काँग्रेस) उपाध्यक्षः रमादेवी राई (एमाले)
सोलुखुम्बु
१०. मध्य दूधकोशी गाउँपालिका
अध्यक्षः बुद्धिकिरण राई (एमाले) उपाध्यक्षः गौरव राई (माओवादीं)
११. महाकुलुङ गाउँपालिका
अध्यक्षः सूर्यबहादुर राई (काँग्रेस) उपाध्यक्षः विपना कुलुङ (काँग्रेस)
१२. सोताङ गाउँपालिका
अध्यक्षः खिलराज बस्नेत (काँग्रेस) उपाध्यक्षः अञ्जु नाछिरिङ राई (काँग्रेस)
१३. थुलुङ दूधकोशी गाउँपालिका
अध्यक्षः असिम राई (माओवादी) उपाध्यक्षः सविता राई (माओवादी)
१४. लिखुपिके गाउँपालिका
अध्यक्षः मिनादेवी कार्की (काँग्रेस) उपाध्यक्षः डावाङ लाक्पा शेर्पा (काँग्रेस)
१५. खुम्वु पासाङल्हामु गाउँपालिका
अध्यक्षः मिङ्मा छिरी शेर्पा (एमाले) उपाध्यक्षः टासी ल्हामु शेर्पा (एमाले)
१६. नेचा सल्यान गाउँपालिका
अध्यक्षः धनजन राई (काँग्रेस) उपाध्यक्षः बिना राई (काँग्रेस)
तेह्रथुम
१७. म्याङलुङ नगरपालिका
मेयरः सञ्जयकुमार तुम्बाहाङफे (एमाले) उपमेयरः जमुनादेवी सुवेदी (एमाले)
१८. फेदाप गाउँपालिका
अध्यक्षः केशवप्रसाद भेटवाल (काँग्रेस) उपाध्यक्षः सुनिता पाहिम (माओवादी)
१९. आठराई गाउँपालिका
अध्यक्षः दिलकुमार पाहिम (काँग्रेस) उपाध्यक्षः बलिराज इङ्नाम (माओवादी)
२०. छथर गाउँपालिका
अध्यक्षः सन्तवीर लिम्बु (एमाले) उपाध्यक्षः टेकराज लिम्बु (एमाले)
२१. मेन्छ्यायेम गाउँपालिका
अध्यक्षः यादवबहादुर खापुङ (एमाले) उपाध्यक्षः गितादेवी तिम्सिना (काँग्रेस)
२२. लालीगुराँस नगरपालिका
मेयरः अर्जुन माबोहाङ (कांग्रेस) उपमेयरः जमुना मगर कार्की (काँग्रेस)
खोटाङ
२३. ऐसेलुखर्क गाउँपालिका
अध्यक्षः गिरेन्द्रबहादुर राई (एमाले) उपाध्यक्षः राजेशकुमार भण्डारी (काँग्रेस)
२४. केपिलासगढी गाउँपालिका
अध्यक्षः समिर राई (काँग्रेस) उपाध्यक्षः गुरुराज राई (जसपा)
२५. बराहापोखरी गाउँपालिका
अध्यक्ष स् शालिकराम बन्जरा (काँग्रेस) उपाध्यक्षः भुवलराज राई (एकीकृत समाजवादी)
२६. जन्तेढुङ्गा गाउँपालिका
अध्यक्षः अरूणादेवी राई (माओवादी) उपाध्यक्षः खेमबहादुर खड्का (काँग्रेस)
२७. साकेला गाउँपालिका
अध्यक्षः रविप्रकाश राई (काँग्रेस) उपाध्यक्षः बिर्सिका राई (माओवादी)
२८. रावावेशी गाउँपालिका
अध्यक्षः फटिककुमार श्रेष्ठ (काँग्रेस) उपाध्यक्षः कौशिलाकुमारी गुरुङ (एमाले)
२९. खोटेहाङ गाउँपालिका
अध्यक्षः उदिनबहादुर राई (माओवादी) उपाध्यक्ष रुपेश राई (काँग्रेस)
३०. दिप्रुङ चुईचुम्मा गाउँपालिका
अध्यक्षः लोकेन्द्र राई (एमाले) उपाध्यक्षः अरुणा थापा (एमाले)
धनकुटा
३१. चौबिसे गाउँपालिका
अध्यक्षः राजकुमार लिम्बू (एमाले) उपाध्यक्षः टंकमाया पाङमी (एमाले)
३२. सागुरीगढी गाउँपालिका
अध्यक्षः जितेन्द्र राई (काँग्रेस) उपाध्यक्षः मुना राई (एमाले)
३३. छथर जोरपाटी
अध्यक्षः छत्रबहादुर लिम्बु (काँग्रेस) उपाध्यक्षः गीता गुरुङ (माओवादी)
३४. पाख्रिबास नगरपालिका
मेयरः ज्ञानबहादुर गुरुङ (काँग्रेस) उपमेयरः नम्रता गौतम (एमाले)
३५. धनकुटा नगरपालिका
मेयरः चिन्तन तामाङ (एमाले) उपमेयरः भीमादेवी खनाल (एमाले)
३६. महालक्ष्मी नगरपालिका
मेयरः ध्रुवराज राया (काँग्रेस) उपमेयरः मन्जुकुमारी कार्की (एमाले)
उदयपुर
३७. लिम्चुङबुङ गाउँपालिका
अध्यक्षः मेजरकुमार राई (माओवादी) उपाध्यक्षः पुष्पलाल राई (काँग्रेस)
३८. ताप्ली गाउँपालिका
अध्यक्षः ढुंगराज विश्वकर्मा (माओवादी) उपाध्यक्षः धनमाया मगर (काँग्रेस)
३९. उदयपुरगढी गाउँपालिका
अध्यक्षः मानबहादुर क्याप्छाकी मगर (एकीकृत समाजवादी) उपाध्यक्षः जीतबहादुर खड्का (काँग्रेस)
४०. रौतामाई गाउँपालिका
अध्यक्षः विरेन्द्रकुमार मगर (माओवादी) उपाध्यक्षः भूपिन्द्रबहादुर थापा (काँग्रेस)
ताप्लेजुङ
४१. मेरिङदेन गाउँपालिका
अध्यक्षः युक हाङविर हाङ्गाम (काँग्रेस) उपाध्यक्षः दुर्गाप्रसाद चोङबाङ (एकीकृत समाजवादी)
४२. फक्ताङलुङ गाउँपालिका
अध्यक्षः राजन लिम्बू (माओवादी) उपाध्यक्षः रबिन साम्रा लिम्बू (काँग्रेस)
४३. मैवाखोला गाउँपालिका
अध्यक्षः विजयप्रकाश वनेम (माओवादी) उपाध्यक्षः कमलकुमारी लिम्बू (काँग्रेस)
४४. मिक्वाखोला गाउँपालिका
अध्यक्षः भक्तबहादुर कार्की (काँग्रेस) उपाध्यक्षः डण्डु शेर्पा (माओवादी)
४५. सिदिङ्वा गाउँपालिका
अध्यक्षः मानबहादुर राई (एमाले) उपाध्यक्षः कृष्णकुमारी कडरिया (माओवादी)
४६. फुङलिङ नगरपालिका
मेयरः अमिर मादेन (काँग्रेस) उपमेयरः भीमादेवी ओझा (एमाले)
४७. आठराई त्रिवेणी गाउँपालिका
अध्यक्षः दिपेन्द्र पोमु (एमाले) उपाध्यक्षः शान्ताकुमारी आङबुहाङ (एमाले)
४८. सिरिजंघा गाउँपालिका
अध्यक्षः लालकृष्ण चौहान (काँग्रेस) उपाध्यक्षः चित्रकुमार लिम्बू (माओवादी)
४९. पाथिभरा याङवरक गाउँपालिका
अध्यक्षः केशरकुमार सुब्बा (एमाले) उपाध्यक्षः रनमाया गुरुङ (एमाले)
ओखलढुंगा
५०. चिसंखुगढी गाउँपालिका
अध्यक्षः निशान्त शर्मा (माओवादी) उपाध्यक्षः सन्तोषबाबु थापा (काँग्रेस)
५१. मानेभञ्ज्याङ गाउँपालिका
अध्यक्षः ज्ञानेन्द्र रुम्दाली (स्वतन्त्र) उपाध्यक्षः आश्रचन राई (काँग्रेस)
५२. चम्पादेवी गाउँपालिका
अध्यक्षः नवराज केसी (काँग्रेस) उपाध्यक्षः दिलमाया मगर (एमाले)
५३. मोलुङ गाउँपालिका
अध्यक्षः उत्तम राई (एमाले) उपाध्यक्षः उर्मिला खतिवडा (एमाले)
५४. खिजिदेम्बा गाउँपालिका
अध्यक्षः गम्बु शेर्पा (जसपा) उपाध्यक्षः सुशिला तामाङ (काँग्रेस)
५५. सिद्धिचरण नगरपालिका
मेयरः तेजन खनाल (काँग्रेस) उपमेयरः केदारबाबु बस्नेत (एमाले)
संखुवासभा
५६. खाँदवारी नगरपालिका मेयरः महेश थपलिया (काँग्रेस) उपमेयरः महेश्वरा श्रेष्ठ (एमाले)
५७. सभापोखरी गाउँपालिका
अध्यक्षः भीमबहादुर लिम्बू (काँग्रेस) उपाध्यक्षः लक्ष्मी चापागाईं (एकीकृत समाजवादी)
५८. सिलिचोङ गाउँपालिका
अध्यक्षः भूपाल राई (काँग्रेस) उपाध्यक्षः देविता राई (काँग्रेस)
५९. मकालु गाउँपालिका
अध्यक्षः वाङ्दिछिरिङ शेर्पा (काँग्रेस) उपाध्यक्षः मनकला राई (माओवादी)
६०. धर्मदेवी नगरपालिका
मेयरः उदयचन्द्र पौडेल (एमाले) उपमेयरः तारा महत (काँग्रेसं)
६१. मादी नगरपालिका
मेयरः जीवन लिङ्थेप (एमाले) उपमेयरः सुनितादेवी भट्टराई (एमाले)
६२. पाँचखपन नगरपालिका
मेयरः विपिन राई (काँग्रेस) उपमेयरः सुमुना श्रेष्ठ (एकीकृत समाजवादी)
६३. भोटखोला गाउँपालिका
अध्यक्षः वाङ्छेदर लामा (एमाले) उपाध्यक्षः सहाना लामा (एमाले)
६४. चिचिला गाउँपालिका
अध्यक्षः पासाङ नोर्बु शेर्पा (काँग्रेस) उपाध्यक्षः मनकला राई (काँग्रेस)
६५. चैनपुर नगरपालिका
मेयरः कृष्णकुमार तामाङ (एमाले) उपमेयरः एलिना श्रेष्ठ (एमाले)
इलाम
६६. माङसेबुङ गाउँपालिका अध्यक्षः हेमन्त राई (एमाले) उपाध्यक्षः विनोदकुमार नेम्बाङ (जसपां)
६७. सन्दकपुर गाउँपालिका
अध्यक्षः तुलाराम गु्रुङ (काँग्रेस) उपाध्यक्षः हरिबहादुर लुंगेली (एकीकृत समाजवादी)
६८. चुलाचुली गाउँपालिका
अध्यक्षः राजेन्द्र केरुङ (काँग्रेस) उपाध्यक्षः दिलकुमारी लिम्बू (एमाले)
पाँचथर
६९. कुम्मायक गाउँपालिका
अध्यक्षः बमप्रसाद लावती (काँग्रेस) उपाध्यक्षः महेन्द्रबहादुर खड्का (माओवादी)
७०. फालेलुङ गाउँपालिका
अध्यक्षः वीरबिक्रम थाम्सुहाङ (काँग्रेस) उपाध्यक्षः महेन्द्रहाङ जबेगु (माओवादी)
७१. हिलिहाङ गाउँपालिका
अध्यक्षः समरबहादुर अधिकारी (काँग्रेस) उपाध्यक्षः सुमित्रा उप्रेती सेढाइँ (एमाले)
७२. फाल्गुनन्द गाउँपालिका
अध्यक्षः वृजहाङ आङदेम्बे (काँग्रेस) उपाध्यक्षः ठाकुरसिंह नेम्वाङ (माओवादी)
७३. मिक्लाजुङ गाउँपालिका
अध्यक्षः अमरराज माखिम (माओवादी) उपाध्यक्षः सन्तकुमार शेर्मा (काँग्रेस)
७४. तुम्बेवा गाउँपालिका
अध्यक्षः बाबुराम खड्का (काँग्रेस) उपाध्यक्षः खड्गसुन्दर सम्बाहाम्फे (माओवादी)
मोरङ
७५. मिक्लाजुङ गाउँपालिका
अध्यक्षः बबिकुमार राई (काँग्रेस) उपाध्यक्षः दिनेश पौडेल (माओवादी)
७६. रोङ गाउँपालिका इलाम
अध्यक्ष मणिकुमार स्याङ्वो (सुवास) कांग्रेस उपाध्यक्ष विष्णुमाया भुजेल (एमाले)

































































































