हल्दिबारी गाउँपालिका वडा नं– २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार शुकलाल राजवंशी निर्वाचित भएका छन् । राजवंशी १२६१ मतका साथ विजयी भएका हुन् ।
राजवंशीका निकतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद प्रसाईले ११५५ मत ल्याएका थिए । हल्दिबारी–२ को महिला सदस्य रचना कुलुङ राई, दलित महिला सदस्य अम्विका तोलाङ्गी र खुल्ला सदस्य गणेश मगर माओवादी केन्द्रका तर्फबाटै बिजयी बनेका छन् भने खुल्ला सदस्य नेकपा एमालेका बिष्णुबहादुर राई विजयी बनेका छन् ।
यता भद्रपुरको वडा नं. ४ मा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका हंशधर राजवंशी वडाध्यक्षमा पुनः निर्वाचित भएका छन् । राजवंशीले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर लिम्बुलाई ३३१ मतान्तरले पराजित गरेका हुन् । राजवंशीले १२६६ र लिम्बुले ९३५ मत ल्याएका छन् । राप्रपाका दिननाथ रिजालले ५६५ मत ल्याए । महिला सदस्यमा माओवादीका सविता पुरी १०२० मत ल्याई विजयी हुँदा दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा र खुल्ला वडा सदस्यतर्फ एमालेका माधवप्रसाद अधिकारी ९४२, अर्जुन बानिया विजयी भएका छन् ।
त्यसैगरी कचनकवल गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसले प्यानलै जितेको छ । प्राप्त मतपरिणाम अनुसार राप्रपाका मोहनचन्द्र गणेशलाई पराजित गरी वडाध्यक्षमा कांग्रेसका नुरुजजमा मिया प्यानलसहित निर्वाचित भएका हुन् । मियाले १२३६ र गणेशले ९३५ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका सन्तोषकुमार गणेश १०५१ , पहारसिंह गणेश १००५ र महिला सदस्यमा मुस्तकोमा मिया १०३५ मत ल्याई विजयी भएका छन् । यसअघि कांग्रेसका तर्फबाट दलित महिला सदस्यमा बिजली दास निर्विरोध भइसकेकी छन् ।
हल्दिबारी २, भद्रपुर र ४ मा माओवादी केन्द्र तथा कचनकवल ४ मा कांग्रेस विजयी

































































































