Homeसमाचारदुईपालिकामा रोकिएको मतगणना अझै शुरु हुन सकेन, पौडेल फिर्ता पोखरेललाई जिम्मेवारी

दुईपालिकामा रोकिएको मतगणना अझै शुरु हुन सकेन, पौडेल फिर्ता पोखरेललाई जिम्मेवारी

गौरीगंज । मतदान सम्पन्न भएसंगै खसेको मत संख्याको मुचुल्का भन्दा गणनामा फरक परेपछि झापाका दुईपालिकामा मतगणना अवरुद्ध भएको छ । गौरीगांज गाउँपालिका र शिवसताक्षी नगरपालिकामा मत गणना कार्य अवरुद्ध भएको हो ।
खसेको मत भन्दा १७३ मत बढी देखिएपछि मत गणना अवरूद्व भएको गौरीगंजमा सर्वदलीय बैठक बोलाइएको छ । अवरुद्ध मतगणना पुनः सुचारु गर्नका समस्या समाधानका लागि निर्वाचन कार्यालय गौरीगंजले सर्वदलीय बैठक बोलाइएको हो । खसेको मतभन्दा १७३ मत बढी देखिएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले मतगणनामा आशंका व्यक्त गरेका छन् ।
गौरीगञ्ज वडा नम्बर १ को मतगणनामा विवाद भएको हो । उक्त वडामा तीन हजार ८०८ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, सोमबार बिहान सम्पन्न वडाको मतगणनामा मत संख्या ३ हजार ९८१ पुगेको भन्दै कांग्रेसका प्रतिनिधिले धाँधली भएको आशंकासहित विरोध जनाएका हुन् । विवादकै बीच मतदान अधिकृतको कार्यालयले बिहान ३ हजार ८०४ मतको अन्तिम मत परिणाम सार्वजनिक गरेको थियो ।
सार्वजनिक मतपरिणाम अनुसार वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारको मत संख्या बराबर १ हजार १८१ भएको जनाइएको छ । कांग्रेसले भने आफ्ना प्रतिनिधिले हस्ताक्षर नै नगरेको मतपरिणाम स्वीकार नगर्ने भन्दै विरोध जनाएको छ । उक्त विषयमा सर्वदलीय बैठक बसेर मिलाउने प्रयास भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताउनु भयो ।

त्यस्तै शिवसताक्षी नगरपालिकाको मतगणना पनि रोकिएको छ । शिवसताक्षी–१ मा मतदानको दिन खसेको मत र मतगणना गर्दा मतपत्रको संख्या फरक भएपछि विवाद भएको हो ।
वडा नम्बर १ का वडाध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका दुर्गा नेम्बाङले आपत्ति जनाएपछि खोज्ने क्रममा गणना भएको मत हेर्दा ५४ मतपत्र हराएको देखिएको छ । शिवसताक्षी–१ मा एमालेले जित निकालेको थियो । त्यहाँको मतगणनामा विवाद भएपछि निर्वाचन अधिकृतलाई कारबाही गरिएको छ । कारबाही स्वरुप शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विवादका कारण आइतबार साँझदेखि गणना कार्य रोकिएको छ । पौडेललाई फिर्ता बोलाएर मधु पोखरेललाई नयाँ अधिकृतका रुपमा शिवसताक्षी खटाउने कार्य भइरहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदुईपालिकामा रोकिएको मतगणना अझै शुरु हुन सकेन, पौडेल फिर्ता पोखरेललाई जिम्मेवारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img