झापा । झापाका १५ वटै स्थानीय तहमा मतगणना जारी रहँदा वडा तहको मत परिणाम आउने क्रम पनि जारी छ । १५ पालिकामा १३१ वटा वडा रहेको झापाका १६ वटा वडा तहको अन्तिम परिणाम आएको छ । अर्थात १७ वटा वडाका वडाध्यक्षहरु निर्वाचित भइसकेका छन् ।
१६ वटा वडा मध्ये नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्रका वडाध्यक्षका प्रत्यासीले १/१ वडामा जितको खाता खोलेका छन् भने बाँकी वडामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्वारले वडाध्यक्षमा निर्वाचित भएका छन् । प्राप्त मत परिणाम अनुसार बाँकी १५ वडा मध्ये कांग्रेसले ८ र एमालेले ७ वटा वडामा जित निकालेका हुन् ।
बाँकी वडा मध्ये कांग्रेस माओवादी गठबन्धनका तर्फबाट भद्रपुर वडा नं.–२ मा राम कँडेल, कचनकवल–१ महाबीर लिम्बू (रन्जित), कमल १ मा केदार कटुवाल, अर्जुनधारा १ मा उपेन्द्र बस्नेत, बाह्रदशीका वडा नं. १ र २ मा क्रमश टेकबहादुर सिंह राजवंशी र भिमबहादुर कार्की, झापा गाउँपालिका १ मा राजकुमार यादव, दमक –१० मा राजेन्द्र भण्डारी, कनकाई – ८ मा लिलाबहादुर कटुवाल वडाध्यक्षका रुपमा निर्वाचित भएका छन् ।
त्यसैगरी नेकपा एमालेका तर्फबाट भद्रपुर–१ रामप्रसाद अधिकारी, कचनकवल–२ मा लेखनाथ खत्री, शिवसताक्षी–१ मा लक्ष्मीप्रसाद चेम्जोङ, अर्जुनधारा–१ मा अनिल वाग्ले, दमक–१ मा, हरि न्यौपाने, गौरीगञ्ज–१ मा परशुराम काफ्ले र कनकाई ८ मा राजेन्द्रप्रसाद उप्रेती विजयी भएका छन् ।
त्यसैगरी राप्रपाका वडाध्यक्षका प्रत्यासी देवी थापा हल्दिबारी १ को वडाध्यक्षमा निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका अशोक सुब्बा कमल २ को वडाध्यक्षमा विजयी भएका छन् । बाँकी मत परिणाम आउने क्रम निरन्तर जारी छ ।
१७ वडाको परिणाम, कांग्रेस ८, एमाले ७, राप्रपा र समाजवादीले खाता खोले

































































































