भद्रपुर । नगरको पार्टी सभापति समेत रहेका राम कँडेल नेपाली कांग्रेसको तर्फबाट भद्रपुर नगरपालिका वडा नं.–२ को अध्यक्षमा निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय भद्रपुरको विवरण अनुसार कँडेलले १३०९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कँडेलले प्रतिष्पर्धी नेकपा एमालेका भिमबहादुर सुब्बालाई २३९ मतले पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । सुब्बाले १०७० मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेद्वारले ८८६ मत प्राप्त गरेका छन् ।
यसै गरी महिला सदस्यमा ममता लिम्बु ११२१ मतका साथ एमालेकी उम्मेद्वार विजय भइन् भने उनको निकट प्रतिस्पर्धी राप्रपाकी उम्मेद्वारले ९४७ मत पाएकी थिइन् । त्यस्तै दलित सदस्यमा एमालेकी उम्मेद्वार देविका बसेल ११३४ मतका साथ विजय भइन् ।
द्रोणप्रसाद कोइराला ११०६ मत र लिला राज निरौला १०८५ मत प्राप्त गर्दै खुल्ला वडा सदस्यमा वडा सदस्यमा निर्वाचित भएका छन् ।
भद्रपुर–२ मा कांग्रेसका कँडेल विजयी

































































































