झापा । पालिका निर्वाचन २०७९ मा प्रदेश १ मा पहिलो महिला विजेता अरुणादेवी राई बनेकी छन् । कांग्रेस माओवादीको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा उम्मेदवार राई निर्वाचित भएकी छन् ।
राईले २८८१ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिष्पर्धी तथा निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राई २५७५ मत प्राप्त गरेका थिए । गठबन्धनकी उम्मेद्वार अरुणादेवीले एमालेका उम्मेद्वार शंकरबहादुरलाई ३०६ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।
गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेसका खेमबहादुर खड्का २८१२ मतसहित निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । खड्काले गाउँपालिकाको निवर्तमान उपाध्यक्ष तथा नेकपा एमालेका तर्फबाट उपाध्यक्षकी उम्मेद्वार विमला राईलाई पराजित गरेका हुन् ।
खोटाङ : गठबन्धनबाट जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा अरुणाकुमारी निर्वाचित

































































































