विर्तामोड १ जेठ । हिजो बेलुकादेखि रोकिएको विर्तामोड नगरपालिकाको मतगणना कार्य आज ३ बजेदेखि शुरु गर्ने सहमति भएको छ ।
आज विहानदेखि बसेको सर्वदलीय बैठकमा मत गणनामा बसेका करारको कर्मचारीको सट्टा अन्य कर्मचारी राख्ने, मतगणना स्थललाई सहज र फराकिलो बनाउने, गणनामा दुई/दुईजनामात्र प्रतिनिधि राख्ने, निर्वाचन अधिकृतले जारी गरेको दलगत परिचय पत्रले मात्रै मतगणना स्थलभित्र पस्न पाउने लगायतका विषयमा सहमति भएसंगै दिउँसो तीन बजेबाट रोकिएको मतगणना कार्य शुरु गर्ने सहमति भएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
हिजो विहान मतगणना शुरु भएसंगै मत गणनामा बसेका कर्मचारीको भूमिका निश्पक्ष हुन नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्रले करारका कर्मचारी हटाउन माग गरेको थियो ।
बिर्तामोडमा ३ बजेदेखि मत गणना शुरु गर्ने सहमति

































































































