राजगढ ३१ बैशाख । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम अनुसार झापामा नेपाली कांग्रेसले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका अन्तरगत वडा नं.–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको हो ।
काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेद्वार टेकबहादुरसिंह राजवंशीले ५७९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शम्भुसिंह राजवंशीले ५६३ मत प्राप्त गर्नुभएको थियो । बाह्रदशीमा गठबन्धन भएपनि १ नम्बर वडामा भने दलहरु एक्ला एक्लै चुनावी मैदानमा रहेका थिए ।
विजयी हुने अन्य सदस्यहरू सम्पतलाल गिरी (५३९) विजयप्रसाद अधिकारी (५३७), निर्मला राई केरुङ (६०२) र गायत्री श्रृषीदेव (५६६) मत प्राप्त गरेका छन् । गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएपनि १ नं. वडामा भने कांग्रेस एक्लैले एमालेसंग प्रतिष्पर्धा गरेको थियो ।
मतदान मार्फत झापामा कांग्रेसले खाता खोल्यो, बाह्रदशी १ मा प्यानलै विजयी

































































































