विर्तामोड २९ बैशाख । एक नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बि.सी. ले निर्वाचनको प्रक्रिया पुरा नहुन्जेलसम्म त्रुटीरहित कार्यसम्पादन गर्न मातहत प्रहरीहरुलाई निर्देशन दिनुभएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा भिडियो कन्फरेन्समार्फत १ नम्बर प्रदेशका प्रहरी प्रमुखहरुलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक अरुणकुमार बि.सी.ले १ प्रहरीले मतदान पूर्व, मतदानको अवधिमा र मतदान पश्चात मतगणना नसकिएसम्म निर्वाचन सुरक्षाको महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभएको हो ।
स्थानीय तह निर्वाचन–२०७९ लाई सुरक्षित, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा समग्र सुरक्षा व्यवस्थापन सम्बन्धी निर्देशन दिदै अब्बल कार्यसम्पादन गर्न निर्देशन दिनुभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्रुटीरहित काम गर्न प्रहरीलाई निर्देशन

































































































