विर्तामोड २४ बैशाख । नेपाली कांग्रेसका शुभेच्छुक संघसंस्थाहरुको नेपाली कांग्रेस झापाको कार्यालयमा सम्पन्न भेलाले शुभेच्छुक संस्था समन्वय एवं परिचालन समिति गठन गरेको छ ।
नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिको परिपत्र बमोजिम नेपाली कांग्रेसका सचिवद्वय कृष्ण हुमागाई र नवीन विमलीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, डि.एल.ए. झापा अध्यक्ष, यज्ञप्रसाद अधिकारी, नेपाल शिक्षक संघ झापा अध्यक्ष नेत्र खरेल, प्रजातान्त्रिक प्राध्यापक संघका विकास उप्रेती र राम गिरी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नेपाल निजामति कर्मचारी युनियन अध्यक्ष कविन्द्र विक्रम नेम्बाङ रहनुभएको छ ।
यसैगरी स्थानीय तह कर्मचारी युनियन अध्यक्ष मेघराज बास्तोला, कृषि श्रमीक संघ झापा अध्यक्ष दीपक काफ्ले र सचिव एकराज बजगाई, गृह श्रमीक संघ झापा अध्यक्ष माया प्रधान, नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघ झापा अध्यक्ष सिरतलाल राजवंशी, नेपाल चिया बगान श्रमीक संघ झापा अध्यक्ष जीवन भटराई, सचिव शान्ता न्यौपाने, नेपाल यातायात मजदुर संघका गंगाराम ओडारी र नेपाल ट्रेड युनियन कांग्रेस सचिव राजकुमारी शेर्पा राई रहेका छन् । कृष्ण हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण इन्दु पूर्वेलीले गर्नुभएको थियो ।
कांग्रेसका शुभेच्छुक संस्था संगठित

































































































