Homeसमाचारबिर्तामोडलाई उद्यमशिलता र व्यवसायिक करिडोर बनाउने प्रसाईको प्रतिवद्धता

बिर्तामोडलाई उद्यमशिलता र व्यवसायिक करिडोर बनाउने प्रसाईको प्रतिवद्धता

बिर्तामोड २३ बैशाख । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताउनु भयो ।
स्थानिय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा नम्बर ७ मा आयोजना गरीएको चुनावी कोणसभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले यस्तो बताउनु भएको हो । उहाँले शिक्षा,पर्यटन,स्वास्थ्यको हबसंगै बिर्तामोडलाई उद्यमशिलता र व्यवसायिक करिडोरको रुपमा समेत अघि बढाउने बताउनु भयो । उहाँले व्यवसायिक आधुनिक कृषि प्रणाली र पर्यटन प्रर्वदनका योजनाहरुलाई पनि अघि बढाउने बताउनु भयो ।
यसैगरी कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले वडा नम्बर ७ हात्ती प्रभावित क्षेत्र रहेकाले यसको नियन्त्रणका लागि सबैठाउँमा विद्युतिय तारबार लगाउने बताउनु भयो । उहाँले देउनीय खोला नदी नियन्त्रणका लागि गुरुयोजना तयार पारेर तारजाली लगाउने प्रतिवद्वता समेत जनाउनु भयो ।
यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षका उम्मेदवार अविरल कृष्ण खरेलले यस वडामा हर्चना मिलडाँडा हुँदै बिरान जाने सडक सहित कम्तिमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने, विपन्न आवास निर्माण गर्ने ,ज्येष्ठ नागरिक भवनको घेराबारा गर्ने र विद्युत लगायतका समस्या समाधान गर्ने बताउनु भयो ।
नेकपा एमालेले वडा नम्बर ७ मा सुन्दर निचाझोडा सामुदायिक वनलाई सिमसारको क्षेत्रको रुपमा संरक्षण गर्ने,अग्निपथ निर्माण गर्ने,सहिद नेत्र पार्कलाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने,कच्ची सडकलाई कालोपत्रे तथा स्तरोन्नती गर्ने लगायतका महत्वपुर्ण योजनाहरुलाई अघि सारेको छ ।
कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी,प्रदेश सांसद एकराज कार्की लगायतका नेताहरुले संवोधन गर्नु भएको थियो । शुक्रवार वडा नम्बर ७का सिताराम टोल,मिलडाँडा,मियावाडी,गरामनी,भुसावाडी लगायतका क्षेत्रमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडलाई उद्यमशिलता र व्यवसायिक करिडोर बनाउने प्रसाईको प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img